0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सम्पन्न हाङ्गमादाङ्ग तेक्वान्दोमा नेपाल च्याम्पियन भएको छ । नेपालले प्रतियोगितमा १४ स्वर्ण, २० रजत र ३७ कास्यपदक जित्दै च्याम्पियन भएको हो । तोक्वान्दो मुख्यालय कोरियाको सहयोगमा पहिलो पटक पोखरामा आयोजना गरिएको प्रतियोगितामा भारत दोस्रो भयो । भारतले ६ स्वर्ण, ७ रजत र ८ कास्यपदक जित्दै दोस्रो भएको हो । प्रतियोगितामा मलेसिया दोस्रो भयो । मलेसियाले ३ स्वर्ण, १ रजत र १ कास्यपदक जित्दै तेस्रो हुदाँ बंगलादेश भने चोथौ भयो । बंगलादेशले ३ स्वर्ण र १ कास्य पदक जित्यो । भुटान २ कास्य सहित पाँचौ भयो ।
१५ गतेदेखि पोखराका नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको प्रतियोगितामा सात देशका सात सय बढिद खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाल, भारत, भुटान, बंगलदेश र मलेशियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष टीम ग्यारोगीमा नेपाल पुलिस क्लब पहिलो तथा नेपाल आर्मी क्लब दोस्रो भए । यसैगरी, भारतीय टिमले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । पुलिसको टोलीमा मनोज मल्ल, अनोज पुजारी, बिर बहादुर महरा,र निश्चलमान श्रेष्ठ सहभागी थिए । त्यस्तै आर्मीको टीममा रशेम बहादुर पुन, रोहित तामाङ्ग, प्रबीन गुरुङ्ग र तारा बहादुर रायमाझी रहेका थिए । यसैगरी साइड ब्रेकिंगमा नन्दा बस्याल पहिलो भए । फिस्ट ब्रेकिंगमा अदित राज पौडेल तथा नाइफ ह्यान्ड ब्रेकिंग सिनियर थ्रीमा भारतका उदय नारायण स्नुक पहिलो भए । साइब ब्याक किंकमा नेपालकी नन्दा बस्याल पहिलो भइन् । हाइजम्प ब्रेकिंग सिनियर वान, टु एन्ड डथ्रीा नेपालका रञ्जन श्रेष्ठ पहिलो भए । अथोराइज्ड पुम्से सिनीयर थ्रीमा मलेसियाका जु साम अलीजामी पहिलो भए । अथोराइज्ड पुम्से जुनियर वानमा बंगलादेशका समिर खान तथा यसैको जुनियर टुमा भारतका सुबास प्रतिक पहिलो भए । जुनियर टु फिमेलमा भारतकी इरिन नोबीस पहिलो भइन् । जुनियर थ्री मेलमा नेपालका निजारुद्धीन पहिलो भए । महिलामा नेपालकी संगीता सुनुवार पहिलो भइन् । सिनियर वानमा भारतका हर्ष सिंह पहिलो भए । सिनियर टुमा मलेसियाका लीयो सियो वांग पहिलो भए । महिलामा नेपालकी राधीका श्रेष्ठ पहिलो भइन् । सिनियर थ्रीमा नेपालकै विमला भण्डारी पहिलो भइन् ।





Post a Comment

 
Top