0
गोल्डेन न्यूज संवाददाता
यातायात क्षेत्रमा रहेको आफनो एकाधिकार तोडिए पछि पोखराका पुराना यातायात ब्यवसायीले कास्कीका ग्रामीण भेगमा यातायात संचालन नगर्ने भएका छन्। पछिल्लो समय विन्ध्यवासिनी बस ब्यवसायी समिति दर्ता भएर माघ २२ देखि पोखरामा नयाँ बस संचालनमा आएपछि वर्षौंदेखिको एकाधिकार तोडिएपछि रुष्ट बनेका पुराना ब्यवसायीले उपभोक्तालाई दुःख दिने गरि बस नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात ब्यवसायी राष्टिय महासघ गण्डकीले कास्कीका ग्रामिण भेगमा आप्mना मातहतका सवारीसाधन नचालाउने बताएको छ । महासघंले बुधबार एक विज्ञप्ति जारी गर्दै सवारी संचालन नगर्ने जनाएको हो । पोखरा नगरभित्र नयाँ सवारी संचालनका लागि रुट इजाजत दिएपछि आन्दोलनमा उत्रिएको महासंघले मुख्य शहरी क्षेत्रमा मात्रै अस्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण सृजना भएको भन्दै ग्रामिण क्षेत्रमा सवारी संचालन बन्द गरेको जनाएको छ । ‘पोखराको जनघनत्व भएको मुख्य शहरी क्षेत्रमामात्र अस्वस्थ्य प्रतिस्प्रर्धा गर्ने वातावरण सृजना भएकोले पोखरा वरपरका ग्रामिण क्षेत्रका उपभोक्ताहरुले हालसम्म प्राप्त गर्दै आएको समानुपातिक यातायात सुविधा दिन हामी यातायात सञ्चालकहरुले पोखरा वरपरका ग्रामिण रुटहरुको सेवा बन्द गर्न बाध्य भई शहरी क्षेत्रमा मात्र प्रतिस्पर्धामा उत्रनुको विकल्प रहँदैन ।’ विज्ञप्तिमा भनिएको छ । यातायात बन्द गर्ने अवस्था आउनुको प्रमुख कारण यातायात व्यवस्था कार्यालय गण्डकी भएको र यसबाट उत्पन्न हुन जाने असहज परिस्थिति, विद्यार्थी एवं आम उपभोक्ताको आक्रोशको जवाफदेहिता सोही कार्यालय रहने भन्दै महासघले अब उप्रान्तःआउन सक्ने कुनैपनि परिणाम समेतको जवाफदेहिता सोही कार्यालयको हुने बताएको छ ।





Post a Comment

 
Top