0
गोल्डेन न्यूज संवाददाता
ग्लोबल कलिजियट उच्च मावि पोखरामा अध्यनतर विद्यार्थीहरुले संचालन गरेको विद्यार्थी हातेमालो कार्यक्रम अन्तरगत बिहीबार कास्कीको लेखनाथमा संचालन गरिएको छ। विद्यालय र विद्यार्थीहरुका बीच भाईचारा र मित्रता अभिबृद्धिमा सहयोग पु¥याउने उद्देश्यले संचालित योजना अन्तर्गत लेखनाथ नगर पालिका वडा नं ६ को अर्घौ अर्चलेमा रहेका लेखनाथ प्रावि, कविशिरोमणि प्रावि र तरुण प्राविका ७८जना  विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो। ग्लोबल कलिजियटमा अध्यनतर विद्यार्थीहरुले खाजाको पौसालाई बचत गरि जम्मा भएको रकमले शैक्षिक सामाग्री खरिद गरि सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको शैक्षिक विकासमा सहयोग पु¥याउने कार्यक्रम संचालन गर्दै आएका छन्। सहयोग सामाग्री वितरण गर्दै कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले बाल प्रतिभालाई प्रत्सान गर्दै विद्यार्थी विद्यार्थीहरुका बीच सहयोगका भावनाले अगाडि सारेको योजना प्रभावकारी भएको धारणा राख्दै लेखनाथको अर्घौ अर्चललेलाई साहित्यिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराएने आन्तरिक एवं साहित्यिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराउने योजना रहेको विचार राखेका थिए। 
विद्यार्थी हातेमालो कार्यक्रमका संरक्षक नवराज लम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा ग्लोबल कलिजियट उच्च माविका सह–प्राचार्य पदमराज ढकाल, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष रामप्रसाद तिमिल्सेना, पत्रकार भीमपाणि बराल, शिरोमणि प्राविका प्रधानाध्यापक सूर्यबहादुर वागले, लेखनाथ प्राविका प्रधानाध्यापक टेकबहादुर भुजेल लगायतले विद्यार्थी हातेमालो कार्यक्रममार्फत शैक्षिक विकासमा सहयोग पुग्ने धारणा राखेका थिए। कार्यक्रमका सदस्य उत्सव सर्माले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन आकृति वराल र विवेचना शर्माले गरेकी थिईन।





Post a Comment

 
Top