0
नेपाली कांग्रेस पोखरा उपमहानगरपालिका वडा नं. ४ को प्रथम बैठक आइतबार सम्पन्न भयो । कांग्रेसको १३औं महाधिवेशन बाट निर्वाचित नयाँ कार्यसमितिको प्रथम बैठक इकाइ सभापति गोविन्द प्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको हो । बैठकमा इकाई सचिव सचिव गायत्री पराजुली, सदस्यहरु शंकर प्रसाद कोइराला, ओम बहादुर केसी, सुरेन्द्रराज कोइराला, लक्ष्मी कोइराला सहभागी थिए । यसैगरी महासमिति सदस्य शकुन्तला कोइराला, क्षेत्रीय प्रतिनिधि राजेन्द्रनिधी कोइराला, लोकेन्द्र कोइराला, क्षेत्रीय सदस्य शंकर प्रसाद बाँस्तोलाका साथै देवकृष्ण पराजुली र गोमादेवी गोदार पनि बैठकमा सहभागी थिए । बैठकले वडा कार्यसमितिको सचिवमा सुरेन्द्रराज कोइरालाल र सदस्यमा गोमादेवी गोदारलाई मनोनित गर्नुका साथै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै कांग्रेसका केन्द्रीय सभापति सुशिल कोइरालाको निधन भएकोमा दुःख व्यक्त एवं कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले कांग्रेसको आशन्न १३औं महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेको इकाइ सचिव गायत्री पराजुलीले जानकारी दिइन ।

Post a Comment

 
Top