0
गोल्डेन न्यूज संवाददाता
क्रान्तिकारी पत्रकार संघको ४ नम्बर प्रदेश संयोजकमा त्रिभुवन पौडेल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न प्रदेशस्तरीय भेलाले पौडेलको संयोजकत्वमा २७ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको हो । समितिका सदस्यहरुमा दीपक परियार, विभु भुषाल, चन्द्रेश्वर बस्ताकोटी, कोपिला कँडेल, कमल खत्री, राजेन्द्र न्यौपाने, अर्जुन काफ्ले, एस.वी नेपाली, मुरारी शर्मा, रतन गुरुङ, दीपक भट्टराई, गोमा घिमिरे, नवीनराज कुइँकेल, प्रितम भुजेल, सन्तोष गौतम, रामप्रसाद तिमिल्सिना, घनश्याम पाण्डे, रामचन्द्र राई, प्रतिक्षा काफ्ले, गणेश पौडेल, कृष्णमाया पोखरेल, उमा आले मगर, रोश्मी गुरुङ, विश्व सुवेदी, नारायण वि.क र कृष्ण दवाडी रहेका छन् ।
 भेलाले सात बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ । प्रस्तावमा सम्पूर्ण क्रान्तिकारी, प्रगतिशिल तथा श्रमजीवि पत्रकारहरुको एकतामा जोड दिइएको छ । विगतमा छिन्नभिन्न भएका क्रान्तिकारी प्रगतिशिल तथा श्रमजीवि पत्रकारहरुकालाई क्रान्तिकारी पत्रकार संघको मूल संगठनमा सामेल हुन आह्वान गरिएको छ । विभिन्न मिडियामा कार्यरत श्रमजीवि पत्रकारहरुलाई उचित पारिश्रमिक समयमै उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई प्रस्ताव मार्फत आह्वान गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक श्रमजीवि पत्रकारहरुलाई विनाशर्त उपलब्ध गराउनुपर्नेमा संघको भेलाले जोड दिएको छ । 
प्रादेशिक भेलाले पेशागत अधिकार क्षमता अभिवृद्धि तालिम, वैदेशिक भ्रमण र अनुभव आदानप्रदान लगायतका विषयमा मोफसलका संचारमाध्यम र संचारकर्मीलाई अवसर प्रदान गर्न नेपाल सरकार, प्रेस काउन्सिल, सूचना विभाग, नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला सबैमा विशेष अनुरोध गरेको छ ।       
यसअघि भेलाको उद्घाटन गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिले संविधान कार्यान्वयनको एजेण्डा प्रमुख विषय भएको बताए । उनले संविधानले व्यवस्था गरेको नागरिकको मौलिक अधिकारलाई स्थापित गर्न संचारमाध्यमको मुख्य भूमिका हुने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पूण्य पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली तथा बन्द शत्रमा एमाओवादीका केन्द्रीय सदस्य राजकाजी तमु (करण), क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी, बरिष्ठ पत्रकार ओम शर्मा, केन्द्रीय सल्लाहकार कोमलनाथ बराल, बरिष्ठ पत्रकारहरु कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, संघका ३ नम्बर प्रदेश संयोजक सुनिल खड्काले बोलेका थिए ।

Post a Comment

 
Top