0
नेपाली कांग्रेस कालिका गाउँ इकाई समितिले क्रियाशिल सदस्यद्वय स्व.टिकाराम अधिकारी र स्व.गोमादेवी पौडेललाई शोकशभा मार्फत् सम्झेको छ । अधिकारी र पौडेलको निधनको १३ औं दिनको पुण्य तिथि पारेर समितिले शोकशभा आयोजना गरेको हो । शोकशभामा बोलदै नेविसंघ केन्द्रीय सदस्य सरोज के.सी.ले अधिकारी र पौडेलको निधनले कालिका कांग्रेस र सिंगो प्रजातन्त्रप्रति अपूरणीय क्षति पुगेको बताए ।  समितिका सभापति भानु ढकालले क्रियाशिल सदस्यद्वय निरन्तर प्रजातन्त्र र कांग्रेसका निम्ति सक्रिय रहँदा रहँदै आफ्नो लिला समाप्त गरेको स्मरण गर्दै उहाँको परिवारको हरेक सुख दुःखमा नेपाली कांग्रेसको साथ रहने प्रतिवद्धता व्यक्त गरे । सभापति भानु ढकालको सभापतित्वमा सम्पन्न शोकशभाको सञ्चालन कांग्रेसका स्थानीय नेता दामोदर पौडेलले गरेका थिए ।




Post a Comment

 
Top