0
मानब अधिकार निगरानी समूह कालिकाको आयोजनामा स्थानीय कृषकहरुलाई लहरेबाली सम्बन्धी एक दिने कृषि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा आबद्ध मानवअधिकार निगरानी समूह अन्तर्गत कृषि बिभागका संयोजक इन्द्र प्रसाद गौतमको अध्यक्षतामा भएको तालिम तथा अभिमुखीकरण कार्यक्रममा नमूना कृषि सेवा केन्द्र शिशुवाका कृषि प्राविधिक पूर्णबहादुर बानियाले प्रशिक्षण दिएका थिए । तालिममा कालिका गाबिसका ४० जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रम सयोजक तथा निगरानी समूहका अध्यक्ष वीरेन्द्र भण्डारीले कार्यक्रममा कृषकहरुका लागि बिभिन्न समयमा आबश्यकता अनुसारका तालिम तथा अभिमुखीकरण आवश्यक रहेको बताए । कार्यक्रममा सहभागीहरुले जिल्ला स्थित कृषि विकास कार्यालय तथा जिल्ला पशुसेवा कार्यालय समेतका सहयोगमा आगामी दिनहरुमा पनि यस्ता प्रकारका तालिमहरुमा आवश्यक रहेको बताएका थिए । गाविस सहायक माधव ढकाल, स्वास्थ्य प्रमुख महेश जैसी लगायतले तालिमको सदुपयोग गर्न सकेमा किसानहरुको आयआर्जनमा सहयोग पुग्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन इन्सेक कालिका सहजकर्ता सुवास सुवेदीले गरेका थिए ।











Post a Comment

 
Top