विना अनुमति चलचित्र छायाङ्कनको आरोपमा पक्राउ परेका अर्चना पनेरु सहितको टीम तारिखमा छुटेका छन् । पोखरामा ‘जिश्म’ फिल्म सुटिङ गर्दै गर्दा नियन्त्रणमा लिइएको उनीहरुलाई बुधवार आवश्यक कगजपत्र सहित उपस्थित हुने गरी तारिखमा छोडिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए ।
‘पोर्न स्टार’ बन्ने लक्ष्य सहित चर्चामा आएकी पनेरुलाई लिएर फिल्म निर्माण गर्न लागेका निर्देशक राजु गिरीले अनुमतिनै नलिई छायाङ्कन गरेको भन्दै नियन्त्रणमा लिन चलचित्र विकास वोर्डले पत्राचार गरेको थियो । सोहि पत्रका आधारमा प्रशासनको निर्देशन अनुसार प्रहरीले सबै सुटिङ युनिटलाई नै नियन्त्रणमा लिएको थियो । सोमवार पोखराको खाल्टे मसिनामा सुटिङ गर्दै गर्दा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर प्रशासनको जिम्मा लगाएको थियो । चलचित्रका निर्देशक गिरीलाई वोर्डबाट इजाजत लिएको प्रमाण सहित उपस्थित हुन भनिएको छ । फिल्म छायाङ्कनमा प्रयोग भएका सबै सामाग्री स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । ‘बिना अनुमति अश्लिल फिल्म छायाङ्कन हुदैछ भन्ने सूचनाको आधारमा हामीले नियन्त्रणमा लिएका हांै,’ प्रमुख जिल्ला अधिकारी मैनालीले भने–‘बुधवार आवश्यक प्रमाण लिएर आए छोड्नेछौं नत्र कानून अनुसार कार्वाही हुनेछ ।’ कास्की प्रहरी प्रमुख घनश्याम अर्यालले अनुमति विना अश्लिल फिल्म सुटिङ हँुदैछ भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिएर प्रशासनको जिम्मा लगाएको बताए ।

Post a Comment