0
युवा संघ कास्कीको आयोजनामा दोस्रो युवा संघ कास्की कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत २५ देखि बैशाख १ गतेसम्म लेखनाथको भण्डारढिक स्थित प्रस्तावित रंगशालामा संचालन हुने युुवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी  दिए । स्वस्थ युवा, स्वच्छ समाज भन्ने नारासहित संचालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको प्रतियोगिता संयोजक नविन पुनले बताए । प्रतियोगितामा करिब ४० टिमले सहभागिता जनाउने अपेक्षा गरिएको बताइएको छ । प्रतियोगिताको विजेता टीमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उप–विजेता टीमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त जित्ने छ । प्रतियोगिमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक पुनले बताए । त्यस्तै अनुशासित टिमलाई मायाको चिनो र प्रमाणपत्रको ब्यवस्था गरिएको संघले जनाएको छ । प्रतियोगिताको माध्यमबाट अनुशासित र क्षमतावान खेलाडीहरु उत्पादन गर्नु मुख्य उद्देश्य रहेको संघ कास्कीका अध्यक्ष नविन पुनले बताए । ‘युवाहरुलाई खेलकुदको माध्यमबाट अनुशासित बनाउँदै दक्ष बनाउनु हाम्रो उद्देश्य हो ।’  उनका अनुसार खेलकुदको माध्यमबाट खेलाडीहरु बीच परिचय गराउनुका साथै क्षेत्रीय र राष्ट्रियस्तरमा पहिचान गराउनु रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख ३० हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । उक्त रकम विभिन्न संघ–संस्था र व्यवसायिक फर्म र ब्यक्तिहरुबाट संकलन गरिने संयोजक पुनले जानकारी दिए ।

Post a Comment

 
Top