गोल्डेन न्यूज संवाददाता
कान्तिपुर डेण्टल हस्पिटल पोखराले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा पोखरामा कार्यरत केही पत्रकारहरुको निःशुल्क दन्त परीक्षण तथा उपचार गरेको जनाएको छ । हस्पिटलमा कार्यरत ४ जना चिकित्सकहरु डा. सन्दीपा काफ्ले, डा. पुनम तामाङ, डा. विनिता वज्राचार्य र डा. सृजना ओझासहितको टोलीले पत्रकारहरुका साथै उपचारार्थ आउने सर्वसाधारण लाई सेवा दिएका थिए ।
उपचारमा संलग्न डा. सन्दिपा काफ्लेले दाँत परीक्षणका क्रममा अधिकांश पत्रकार र सर्वसाधारणको दाँतमा फोहोर जमेको, हर्षा भएको र दाँतेकीरा सम्बन्धी समस्या देखिएको गोल्डेन न्यूज दैनिकलाई बताइन । स्वस्थ मुख भए शरीर स्वस्थ हुन्छ भन्ने कुरालाई व्यवहारमा उतार्नुपर्ने भन्दै डा. काफ्लेले दाँत राम्रोसंग सफा नभएपछि त्यहाँ अड्किएको खानेकुरा नै फोहोर मै लाको रुपमा रहने र त्यसबाट नै दाँतेकीरा लगायत अन्य समस्या आउने बताइन । मुखको अवस्था हेरेर नै शरीरमा के–कस्ता रोगको प्रभाव छ भन्ने बुझ्न सकिने भएकोले मुखलाई सकेसम्म सफा गर्नुपर्ने उनले स्पष्ट पारिन् ।
हरेक वर्ष मार्च २० तारेखमा विश्व मुख स्वास्थ्य दिवस मनाइँदै आएअनुरुप पोखरामा रहेको कान्तिपुर डेण्टल कलेजले यो वर्ष पोखरामा क्रियाशील रहेका सञ्चारकर्मीहरुको लागि निःशुल्क मुख स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। हस्पिटलको ४ जना चिकित्सक र ८ जना हाइजेनिस्टको टोलीले पत्रकारहरुको मुख स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरेको हस्पिटलकी व्यवस्थापक सिता श्रेष्ठले बताइन । देश र जनताका लागि अहोरात्र खट्टिने पत्रकारहरुको मुख स्वास्थ्य राम्रो भएमात्र समाजलाई सहि सूचना र चेतना फैल्याउन मद्धत पुग्ने हुनाले यो वर्ष पत्रकारहरुको लागि निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाइएको श्रेष्ठले बताइन् ।
पोखरामा झण्डै डेढ दशक अघि स्थापित कान्तिपुर डेन्टल हस्पिटलले विगत ५ वर्षदेखि न्यूरोडस्थत आफ्नै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक करिब ४० जना दाँतका बिरामीहरु उपचारका लागि आउने गरेको हाइजेनिस्ट लक्ष्मी श्रेष्ठले बताइन । कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ एण्ड साइन्सको रुपमा संचालन भइरहेको उक्त हस्पिटलमा डेण्टल साइन्सको सर्टिफिकट तहको पढाइ समेत हुने गरेको छ ।
Post a Comment