0
पोखरा ११ फूलबारीमा अवस्थित भाष्कर मेमोरियल स्कूलले विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । हालै सम्पन्न लेखनाथ महोत्सवमा नृत्य विद्यामा तृतीय हुन सफल एलिना पुनलाई एक कार्यक्रमको आयोजना गरी विद्यालयले सम्मान गरेको हो । उनलाई विद्यालयका शिक्षकहरु गणेश बहादुर राना, होमराज अधिकारी लगायतकाले सम्मान गरेका थिए । यसैबीच विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत कथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा प्रा.वि. तहमा अदिती पौडेल, विनम्र बाँस्तोला, विराज ढुंगाना र कृपा सुवेदीले क्रमशः सान्त्वना, तृतीय, द्वितीय र प्रथम स्थान हासिल गरे ।
त्यसैगरी नि.मा.वि. तहमा यूरिका गुरुङ, निर्देश सुवेदी, किरण आचार्य र गरीमा गौतमले क्रमशः प्रथम, दितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे भने मा.वि. तहमा अपर्णा बास्तोला, सोनीका ढुंगाना र श्रुती अधिकारीले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक गोविन्द थापाले बताए ।







Post a Comment

 
Top