0
जनप्रिय बहुमुखी क्याम्पस पोखरामा क्याम्पसस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । शहिद सप्ताहको अवसर पारेर अखिल क्रान्तिकारी जनप्रिय इकाइ समितिले सो कविता प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा नविन पौडेल प्रथम, सुनिल पोख्रेल द्वितीय र मालती खनालले तृतीय स्थान हासिल गरेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा चार नं. प्रदेश संयोजक अम्मरदीप पराजुलीले विद्यार्थी भित्रका प्रतिभा प्रस्फुटन गर्न अखिल क्रान्तिकारीले बेला बेलामा रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एंव निर्णायक सदस्य विपिन आर्चायले विजेता कविहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै आगामी दिनमा निरन्तर साहित्य साधनामा लाग्न उत्पेरित गरे । निर्णायक संयोजक तथा साहित्यकार परिवर्तनले निर्णय सुनाउँदै प्रतियोगिहरुका कविता उत्कुष्ट रहेको र निर्णायार्थ प्रस्तुत गर्न निकै कठिन भएको अनुभव सुनाए । निर्णायकको भूमिका साहित्यकार परिवर्तन, विपिन आचार्य र साधुराम लामिछानेले गरेका थिए । अखिल क्रान्तिकारी जनप्रिय इकाइ समितिद्वारा आयोजित कविता प्रतियोगिताको अध्यक्षता इकाइ अध्यक्ष विप्लव भण्डारीले गरेका थिए भने संचालन गणेश परियारले गरेका थिए । कार्यक्रममा अनौपचारिक रुपमा विभिन्न विद्यार्थीले कविता वाचन गरेका थिए।

Post a Comment

 
Top