0
गोल्डेन न्यूज संवाददाता
पोखराको विन्ध्यवासिनीमा रहेको सचेतना हस्तकला उद्योगले महिलाहरुका लागि गमला बनाउने तालिम सञ्चालन गरेको छ । सोमबार सुरु तालिम फागुन २३ गतेसम्म जारी रहनेछ । तालिमको एक कार्यक्रमका बीच जिल्ला विकास समिति कास्कीका सामाजिक शाखा अधिकृत अर्जुन न्यौपानेले उद्घाटन गरे । गोमा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचेतना हस्तकला उद्योगका संचालक नारायणी सुवेदी, महिला समन्वय समितिका पूर्व उपाध्यक्ष तारादेवी अधिकारी, समाजसेवी शिवराज पराजुली, घरेलु महासंघका अध्यक्ष माधवप्रसाद पराजुली, प्रशिक्षक देवी आले, वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदी, प्रशिक्षार्थीको तर्फबाट छविकला सुनार र वसन्ती पराजुली, अनन्त सामुदायिक सेवा समिति अध्यक्ष विजया रेग्मी लगायतले बोलेका थिए । जिल्ला विकास समिति कास्कीको सहयोगमा तालिम सञ्चालन गरिएको हो । पहिला पनि तालिम लिएका महिलाहरुलाई गमला बनाउने तालिम दिइएको उद्योगका सञ्चालक सुवेदीले जानकारी दिइन् ।

Post a Comment

 
Top