0
गोल्डेन न्यूज संवाददाता
स्टेप वाई स्टेप उच्च मा.वि. मासबार पोखराले विद्यालयमा पढाइ, खेलकुद एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरू लाई पुरस्कार वितरण गर्ने कार्यक्रम सम्पन्न ग¥यो । पुरस्कार वितरण कार्यक्रममा पुरस्कार प्राप्त गर्ने विद्यार्थीका अभिभावकको हातबाटै विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रममा विभिन्न गीत, रेम्स, नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थापक प्राचार्य निर्मला बरालले विद्यालयले सधैँ अभिभावकको सल्लाह, सहयोग यसरी नै प्राप्त गरिरहने विश्वास प्रकट गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्न र योग्य एवं सक्षम नागरिक उत्पादन गर्न विद्यालय निरन्तर प्रयत्नशील रहेको कुरा बताए । अभिभावकहरू कृष्णप्रसाद रेग्मी र उमा सापकोटाले विद्यालयले आफ्ना बालबालिकाको चौतर्फी उन्नति गर्न र देशको शैक्षिक विकासमा दिएको योगदानको प्रशंसा गरे। विद्यालयका संस्थापक÷ निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सूर्यप्रसाद लम्साल र बम बहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य निलम पौडेलले गरेकी थिइन् ।






Post a Comment

 
Top