0
गोल्डेन न्यूज संवाददाता
पोखरा १५ की १८ वर्षीय योरुना पुन ‘नेहा’ को हत्या आरोपमा संलग्न पुर्पक्षको लागि थुनामा पठाइएको छ । कास्की जिल्ला अदालतले मंगलवार हत्यामा संलग्न भनिएका पोखरा ९ नयाँबजारका २१ बर्षिय सतिश भन्ने कृतन खड्गीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । सोमवार र मंगलवार दुई दिनसम्म चलेको वहस र अहिलेसम्म प्राप्त प्रमाणका आधारमा कसुरदार ठहर गरी उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार दिनवन्धु वरालले जानकारी दिए। जिल्ला न्यायधिश शेखर प्रसाद पौडेलको ईजलासले उनलाई थुनामा राख्ने आदेश दिएको हो । खड्गी बिरुद्ध दायर जवरजस्ती करणी तथा कर्तब्य ज्यान मुद्धामा सरकारको तर्फबाट जिल्ला न्यायधिबक्ता गंगा प्रसाद पौडेल तथा जायरवालाको तर्फबाट सुरेन्द्र थापा मगर ,सरिता थापा, विनिता नेपाली, सोभा पौडेल र सरलाकुमारी पाण्डेले वहस गरेका थिए । प्रतिवादीको तर्फबाट दुर्गेषराज पन्तले वहस गरेका थिए । कास्की प्रहरीले गत माघ १८ गते राति भएको हत्या अरोपमा खड्गीलाई २० गते पक्राउ गरेको थियो ।

Post a Comment

 
Top