0
युएई

धादिङ समाज युएइ आजमान क्षेत्रीय समितिले आयोजना धादिङवासीहरुको भेला एवं दिवा भोजका साथ विविध विषयमा छलफल गर्दै सम्पन्न भएको छ। आजमान क्षेत्रीय समितिका अध्यक्ष थान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली समाज युएइका अध्यक्ष तथा धादिङ समाज युएइका संरक्षक चन्द्र प्रसाद सापकोटा र गाउँमा कम्प्युटर शिक्षा अभियानका अध्यक्ष तथा समाजका सल्लाहकार भुवन गुरुङ प्रमुख अतिथि थिए।

यस्तै केन्द्रिय समितीका अध्यक्ष भिम कुमार अधिकारी,सल्लाहकार लेक योन्जन तामाङ अतिथि थिए।
आजमानको काठमाडौ दरवार रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले धादिङ समाज युएइको वर्तमान अवस्था र भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । जसमा सस्थाको, कार्यविधि ,बिधान संशोधन, यहाँका लेवरका लागि लागू गरिएको नयाँ रुल, आर्थिक गतिविधिलगायतको विषयमा समाजका नेतृत्वले प्रकाश पार्ने काम भएको समाजका महासचिव तथा प्रवक्ता योगेन्द्र थापाले जानकारी दिए । 

Post a Comment

 
Top