
पुजा गर्दा अनौठो,पत्यार नलाग्ने खालको सामाग्री प्रयोग गरिन्छ। जस्तै अमलाको पातको टपरीमा सम्पूर्ण सामग्री तुल्याउनु पर्दछ। पूजा पनि अमलाकै फेदमा गर्ने गरिन्छ। पूजा गर्ने दिन सबै भाइभारादारहरु चोखोनितो गरि शुद्धिकरण भइ पूजामा सामेल हुन्छन। निशान घरमा कुलका डाङ्ग्रेलाई पुजा गर्दै अन्माएर पूजा स्थान फालडाँडामा रहेको पूजा स्थलमा लगिन्छ। विभिन्न विधिअनुसार पूजा पाठ गर्दै कुलायनलाई बोकाको बलि दिइन्छ। जुन बलि दिने समय रोचक र भयानक हुन्छ ।
यद्यपि महिला पुरुष बालबालिका सबै झुम्मिएर उक्त रमिता हेर्ने गर्दछन। रोचक कुरा के छ भने बलि दिँदा ढुङ्गालाई होइन रगत उहीँ डाङ्ग्रेलाइ चढाइन्छ। डाङ्ग्रेले उक्त बोकाको रगर मुख लगाएर चुसिदिन्छन र उक्त बोका प्रसाद हुन्छ। त्यसपछि बिधिवत पूजा सकेर सबै घर घर जान्छन। प्रसाद ग्रहण गर्नका लागि थापा परिवारको घरमा टाढा–टाढादेखि पाहुना आउने गर्दछन्। नातागोता दाजुभाइ सबै भेट हुने अवसरको रुपमा पनि यो दिन महत्वपूर्ण छ। आफूहरुलाइ बगाले थापा “काजी“ भन्न रुचाउने वंश हरुको पूजा सम्पन्न भएको जानकारी काजी योगेन्द्र थापाले जानकारी दिनुभयो।
Post a Comment