0
गोल्डेन न्यूज संवाददाता
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री निवास वालुवाटार माफियाहरुले कब्जा गरेकाले उपभोक्ताहरु अझै लाईनमा बस्नुपरेको बताएका छन् । नाका खुलेर आयत सहज हुदा पनि वितरण असहज हुनु सरकारको कमजोरी भएको उनले बताए । पार्टी निकट पूर्व सैनिक तथा प्रहरी महासंघको केन्द्रीय भेला उद्घाटनका क्रममा सोमवार पोखरामा उनले माफियातन्त्रको कारण नाका खुलेको २० दिन कटेपनि बितरण सहज नभएको बताए । ‘देश र विदेशका सारा तस्कर र माफियालाई वोलाएर राज्यको राज्यको संरक्षण दिने, सुरक्षा स्कटिङ दिएर समान ल्याउने र त्यो कालोबजारीमा बेच्ने’ यादवले भने । तस्कर र माफियालाई राज्यले संरक्षण दिएको र त्यहि आडमा कालोबजारी बढेको उनको ठम्याई छ । मुलुकमा तस्कर र माफियाले समानान्तर अर्थ ब्यवस्था खडा गरिसकेको उनले बताए । नाकाबाट सरासार प्रशस्त सामान आएपनि माफियातन्त्रले कब्जा गरेको र वालुवाटार पु¥याएको यादवको आरोप छ । अर्को प्रसंगमा उनले मधेसको मागको बिषयमा अहिलेसम्म ३५ पटक भन्दा बढी वार्ता भएपनि सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
कार्यक्रममा वोल्दै पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारले आफूहरुको मागलाई गम्भिर ढंगले नलिएको गुनासो गरे । कार्यक्रम सुरु हुनुअघि पोखराको चिप्लेढुङ्गा बाट निस्किएको ¥याली सभागृहमा पुगेर टुङ्गिएको थियो ।



Post a Comment

 
Top