0
राजाराम पौडेल
मगर फिल्मकी नायिका यरुना पुन (नेहा) को हत्या अभियोगमा पक्राउ परेका शतिस भन्ने कीर्तन खड्गीलाई हदैसम्मको कार्वाही हुनुपर्ने भन्दै पुनका आफन्तले सोमबार दिनभर कास्की जिल्ला अदालत परिसर धर्ना दिए । हत्या अभियोगमा पक्राउ परेका खड्गीको कास्की जिल्ला अदालतभित्र थुनछेक बहस चलिरहँदा उनीहरुले अदालत परिसर बाहिर धर्ना दिंदै विरोध गरेका हुन् । धर्ना र विरोध कार्यक्रममा उनीहरुले ‘हत्यारालाई कार्वाही गर, महिला हिँसा अन्त्य गर, मान्छे मार्न पाइँदैन, अन्य हत्यारालाई सार्वजनिक गर’ लगायतका नारा लगाएका थिए । पुनको हत्यामा उचित न्याय नपाइञ्जेल सम्म आन्दोलन जारी रहने विरोध कार्यक्रममा उपस्थित नेहाका आफन्त तथा महिला अधिकारकर्मीको भनाइ थियो । अदालत परिसरमा हत्या आरोपमा पक्राउ परेका खड्गीका आफन्त समेत ठूलो संख्यामा जम्मा भएका थिए । यसरी दुई पक्षबीच जम्काभेट हुदाँ सामान्य झडप समेत भएको थियो । स्थितिलाई सामान्य बनाउन प्रहरीलले सामान्य बल प्रयोग गर्नु प¥यो । कुनै अप्रिय घटना हुन नदिन अदालत परिसर भित्र र बाहिर कडा सुरक्षा व्यवस्था गरिएको थियो । सडकमानै बसेर विरोध गरेका कारण त्यस क्षेत्रमा केहि समय सडक समेत अवरुद्ध हुन पुग्यो । खड्गीका आफन्त भने पुनका आफन्तले नारावाजी गरे लगत्तै तितर–वितर भएका थिए । 
यसैबीच खड्गीलाई जबरजस्ती करणी र कर्तव्य ज्यान को अभियोगमा कास्की जिल्ला अदालतमा मुद्धा दर्ता गराइएको छ । उक्त्त मुद्धामा कास्की जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासमा सोमबार थुनछेक बहस चलेको  थियो । थुनछेक बहस नसकिएकोले खड्गीलाई मंगलबार पुनः अदालतमा पेश गर्ने गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ । 
सोमबार वादीको तर्फबाट जिल्ला न्यायाधिबक्ता गंगा प्रसाद पौडेल, जाहेरवालाको तर्फबाट सुरेन्द्र थापामगर र सरिता थापाले बहस गरेका थिए । वादीका तर्फबाट विनिता नेपाली, शोभा पौडेल, सरला कुमारी पाण्डे र प्रतिवादीको तर्फबाट अधिवक्ता दुगे्रसराज पन्तको बहस बाँकी नै रहेकोले बाँकी बहस गरि मगंलबार थुनछेक आदेश हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार दिनवन्धु बरालले जानकारी दिए ।

Post a Comment

 
Top