0
गोल्डेन न्यूज संवाददाता
खराब मौसमका कारण पोखरामा जारी प्याराग्लाइडिङकोे प्रि–वल्र्ड कप तथा खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिता अन्तर्गत सोमबारका सबै खेल स्थगित भएको छ । समयमै मौसम नखुलेको हँुदा दिउसो १२ः३० बजे सुरु भएको प्रतियोगिता २४ मिनेट बित्न नपाउँदै अर्मला क्षेत्रमा पानी पर्न थालेपछि खेल बीचमै स्थगित भएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराईले बताए ।
कम्तिमा पनि एक घण्टा उडान नभएको अवस्थामा प्रतियोगिताको अंक नजोडिने भएकोले पनि सोमबार सबै प्रतियोगिताहरु आकासमा उडेपनि उनीहरुको कुनै अंक नजोडिने गरी खेल स्थगित भएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए । सोमबार प्रतियोगिताको लागि आकासमा ७० किलोमिटरको दुरी निर्धारण गरिएको थियो । प्राविधिक संयोजक गुरुङले भने–“प्याराग्लाईडिङका लागि मौसम खुलेको र यसमा सकभर घाम लागेको दिनलाई हामीले उत्तम दिन मान्दछौं, तर पानी परेको अबस्थामा हामीले प्याराग्लाईडीङ गर्न कठिन हुन्छ, किनकी प्याराग्लाईडिङ हावाको चापको आधारमा आकासमा उड्ने हो ।”
आइबतार विहान पनि पोखरा क्षेत्रमा पानी परेर पनि आकास खुल्न नसके पछि सधैजसो १० बजेपछि सुरु हुने प्रतियोगिता ४ घण्टा ढिलो अर्थात २ बजेपछि मात्र सुरु भएको थियो । आइतबार प्रतियोगीहरुका लागि ४४ किलोमिटरको दुरी निर्धारण गरिएको थियो । जसमा  इरानका साहीन फलाज अग्र स्थानमा छन् । उनले अन्य प्रतियोगीहरु भन्दा बढी ९ सय ९९ अंक जोड्दै अग्र स्थानमा रहन सफल भएका हुन । त्यसै गरी रसियाका ग्लेव सुखेस्की ९ सय ९२ अंकका साथ दोश्रो स्थानमा रहेका छन । त्यसैगरी महिलातर्फ भने कोरियाकी ह्वाईन हिकिम अग्रस्थानमा रहन सफल भईन । उनले ९ सय ३२ अंक जोड्न सफल भईन । प्रतियोगीहरुले सराङकोट क्षेत्रको आकास हँुदै नौडाडाँ सम्मको आकासको पेरीफेरीलाई उडान गरी खपौदीमा अवतरण गरेका थिए । यसैबीच पोखरामा पहिलो पटक आयोजना भएको विश्व तेक्वान्दो हान्मादानमा सहभागी ५ राष्ट्रका ७ सय बढी खेलाडीहरुले पोखरामा व्यावसायिक प्याराग्लाइडिङ गर्न चाहेर पनि दुवै खेल एकै मितिमा आयोजना भएकोले गर्न पाएनन । यसबाट व्यवसायी तथा खेलाडीहरु दुबैलाई मर्का परेको भन्दै गुनासो बढेको छ । पोखरामा आयोजना हुने मेगा ईभेण्ट सकभर एकै मितिमा नगर्दा आयोजक तथा अन्य क्षेत्रलाई फाईदा पुग्ने भएकोले यस प्रति सोच्न खेलकुदकर्मीहरुले आग्रह गरेका छन ।




Post a Comment

 
Top