0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतमा दोस्रो कार्यकालका लागि काजमा पोखरा आएका झलकराम अधिकारीको दरबन्दी पोखरामै कायम भएको छ । मंगलबारबाट अधिकारीको दरबन्दी पोखरामै कायम भएको हो । पोखरा उपमहानगरपालिकामा दुई वर्षे कार्यकाल सकेर गत वर्षको असोजमा धनुषाको स्थानीय विकास अधिकारी भई सरुवा भएका उनले फेरि पोखरा उपमहानगरपालिकाको कार्यभार सम्हाल्न दुई महिना अगाडि पोखरा आएका थिए । २०६९ कार्तिक १६ गते पोखरा आएका अधिकारी २०७१ असोजमा धनुषा सरुवा भएका थिए । यसअघि झलकराम अधिकारीको पहिलो कार्यकाललाई निकै सफल मानिएको थियो । उनको कार्यकालमा पोखरा उपमहानगरपालिका कार्यालयको आन्तरिक सुधारको साथै पोखराको विकासमा महत्वपूर्ण उपलब्धी हात पारेका थिए । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको एक वर्ष भित्रमा उनले एसियाली विकास बैंकको कालो सूचीमा रहेको उपमहानगरपालिकालाई कालोसूची मुक्त गराए । उनकै कार्यकालमा पोखरा उपमहानगरपालिका मुलुककै उत्कृष्ट तेस्रो नगरपालिकाको रुपमा पुरस्कृत भएको थियो । प्रशासकीय सुधार अन्तर्गत उनले अनावश्यक ५५ जनाको दरबन्दी कटौती गर्दै कार्यालय भित्र सिसिटिभी जडान र विद्युतीय हाजिरीको ब्यबस्था सहित सबै शाखामा सफ्ट्वेयर प्रणालीको सुरुवात गरेका थिए। नगरपालिका कै कर्मचारीको ७१ लाख पेश्की अशुल उपर गर्न पनि उनी सफल भए । अधिकारीले उपमहानगरपालिकाको राजश्व बृद्धिदरमा पनि उलेख्य सुधार गरे । पोखराको सौन्दर्य बिगार्ने गरी अस्तब्यस्त फुटपाथ ब्यबस्थापन देखि न्यूरोड र लेकसाइडमा सौर्य बत्ति जडानको काम उनकै कार्यकालमा सम्पन्न भएका थिए । पोखरामा भवन निर्माण संहिता उनकै पालामा लागू भयो । उनले पोखराको एक मात्र सभाहल पोखरा सभागृह ब्यबस्थापनको लागि सार्बजनिक निजी साझेदारी अन्तर्गत निजी क्षेत्रलाई जिम्मा लगाएका थिए । प्राकृतिक सम्पदा संरक्षणको लागि फिर्के खोलाको मापदण्ड वपरितका संरचना हटाउन सुरु गरेका उनले फेवातालमा मिसाइएको ढल हटाउनेदेखि तालमा मोटर लगाई पानी तान्न प्रतिबन्ध लगाएका थिए भने फेवातालको सौन्दर्य बिगार्ने जलकुम्भी झार हटाउन उनकै पालामा मोवाइल सेवा प्रदायक कम्पनी एनसेलसंग १० करोडको सम्झौता भएको थियो । सिर्जनाचोकमा ८ करोड लगानीमा उपमहानगरपालिकाको व्यवसायिक भवन निर्माणको लागि उनले नै कार्ययोजना अघि बढाएका थिए । अहिले सो भबन निर्माणाधिन अबस्थामा छ । पोखरा नगरक्षेत्रभित्र होडिङ बोर्डको ठेकेदारी प्रथालाई उहाँले अन्त्य गराए । सन् २०१५ देखि २०२५ सम्मको लागि उपमहानगरपालिकाको विकासे रोड म्याप पनि तयार पारेका अधिकारीले १६ वर्ष अघि लम्जुङको ढोडेनी गाविसको सचिवको रुपमा सरकारी सेवा सुरु गरेका थिए । अधिकारीले यसपटक पोखरा आएपछि पनि यहाँको समग्र विकासका लागि विभिन्न योजनाहरु अगाडि बढाएका छन् । पोखरालाई आगामी वैशाखदेखि प्लाष्टिक मुक्त नगरपालिका घोषणा गर्ने तयारी गरेका छन् । नगरपालिकामा गत वर्ष थप भएका वडाहरुको विकासलाई प्राथमिकतामा राखेका अधिकारीले वडा–वडाबाटै कर संकलनको सुरुवात गराइसकेका छन् । भूकम्प गएपछि रोकिएको घरजग्गाको नक्सा पास पनि अधिकारीकै सक्रियतामा खुल्ला भएको छ ।





Post a Comment

 
Top