0
गोल्डेन न्यूज संवाददाता
शनिवार हुने १० औं पोखरा म्याराथनको तयारी पूरा भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहीवार पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी पूरा भएको जानकारी दियो । प्रतियोगितामा झण्डै १५ सय खेलाडीले सहभागिता जनाउने आयोजकको दावि छ । प्रतियोगिता अन्तर्गत ४२ किलोमिटर दौडमा दुई विदेशी सहित ५० जना धावकले नाम दर्ता गराएका छन् । त्यस्तै ह्विल चियर दौड महिला पुरुष दुवै तर्फ ८र८ जनाले सहभागि जनाउने भएका छन् । विद्यालयतर्फ पाँच किलोमिटर छात्र दौडमा दुई सय र छात्रा तर्फ एक सय ७५ विद्यार्थीले नाम दर्ता गराएका छन् । सफल पोखरा अन्तर्राष्ट्रिय म्याथन नाम दिईएको १०औं संस्करणमा ४२ किलोमिटर दौड बिजेतालाई ६० हजार, दोस्रोलाई ४०, तेस्रोलाई २५ र सान्तोना स्वरुप चौथो हुनेलाई ४ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विद्यालयतर्फ छात्र र छात्रा पाँच किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ७, ५ र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ह्विल चियर दौड पुरुष र महिला तर्फ पहिलो दोस्रो र तेस्रो हुनेले ३, २ र एक हजार पुरस्कार हात पार्नेछन् । रन फर फनको रुपमा सबै क्षेत्रका ब्यक्तिहरुले दौडमा सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष खड्ग बहादुर रानाभाटले जानकारी दिए। लगातार नवौं संस्करणसम्म सञ्चालन भएर आर्थिक समस्याले पाँच बर्षदेखि स्थगित पोखरा म्याराथलाई यो बर्षदेखि लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गरेको छ । सम्झौता अनुसार सुजल डेरीले आगामी तीन बर्ष सम्म मञ्चलाई प्रतियोगिता सञ्चालनको लागि प्रति बर्ष १० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

Post a Comment

 
Top