0
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले युवा नेता गगन थापालाई महामन्त्रीका रुपमा अघि सार्दै आफ्नो प्यानल घोषणा गरेका छन् । कृष्ण सिटौला–गगनको प्यानलमा पूर्वमन्त्री उमाकान्त चौधरी कोषाध्यक्षको उम्मेदवार बनेका छन् । नेता–कार्यकर्ताको बाक्लो उपस्थितिमा भएको पत्रकार सम्मेलनमा तीन उम्मेदवारले संक्षिप्त सम्बोधन गरे । कृष्ण सिटौला–गगन थापाको टिमले पार्टीको नेतृत्वमा घोषणा भएको नयाँ संविधानको कार्यान्वयन र पार्टीको नेतृत्व परिर्वतनलाई मुख्य एजेण्डा बनाएको बताए । सभापतिका उम्मेदवार सिटौलाले देशलाई जोड्ने र संविधान कार्यान्वयन गर्ने एजेण्डाका साथ आफ्नो टीम बनेको बताए । महामन्त्रीका उम्मेदवार गगन थापाले कांग्रेस महाधिवेशनबाट कसले जित्छ भन्दा पनि देशले के पायो भन्ने प्रश्न महत्वपूर्ण भएको भन्दै आफूहरुले १२ बुँदे सम्झौतादेखि सुरु भएको परिर्वतनलाई माया गर्नेहरुको टीम बनाएको दाबी गरे । थापाले सभापतिका उम्मेदवार सिटौलालाई नयाँ संविधान निर्माण प्रक्रियाको ‘आर्किटेक्ट’ को संज्ञा दिए । थापापछि बोलेका सिटौलाले भने आफ्ना छोराछोरी सरहका गगनलाई देश हाँक्न सक्छ भनेर बोकेको बताए । सिटौलाले भने, हाम्रो विचार, लक्ष्य र गन्तव्य मिलेको छ, दिगो शान्ति, सम्वृद्धि र मुलकलाई स्वतन्त्र, सार्वभौम राख्दै सबैलाई जोडेर हिँड्न सक्छौं ।’ महामन्त्रीका उम्मेदवार थापाले भने– ‘कांग्रेसले पटक–पटक जित्यो तर, जितलाई जोगाउन सकेन । हामी अब फेरि आन्दोलन गर्न नपर्ने गरी यो जितलाई जोगाउन चाहन्छौं ।’
पौडेल समूहमाथि प्रहार
उम्मेदवारी घोषणा सभामा कृष्ण सिटौला–गगन थापा टीमका नेताहरुले ‘लिगेसी’ का नाममा पार्टीलाई कुनै परिवारमा कैद गर्न नहुने भन्दै रामचन्द्र पौडेल समूहमाथि प्रश्न उठायो । सिटौलाले ‘लिगेसी’ को कुुरा गर्ने अधिकार कसैलाई पनि नभएको बताए । सिटौलाले भने,–‘कांग्रेस कुनै परिवारमा कैद हुन सक्दैन ।’ युवा नेता गगनले सबैजना कांग्रेस नै भएको भन्दै केहीलाई संस्थापन र अरुलाई गैरसंस्थापन भन्ने सर्टिफिकेट कसले दियो भनेर प्रश्न गरे ।  उनले आफू वीपीको छोरा नभएको भन्दै भने, मेरो शरीरमा वीपीको रगत त छैन । तर, वीपी विचार छ । संस्थापन, गैरसंस्थापन भन्न नहुने भन्दै थापाले भने, कुहिनो बजार्न थाल्ने हो भने कुहिनो भत्किछ तर, पहाड भत्किँदैन त्यसैगरी सिटौला टीमका कोषाध्यक्षका उम्मेदवार उमाकान्त चौधरीले पार्टीमा देखिएको गुटबन्दी र ६०÷४० को भागवण्डा अन्त्य गर्न आफूहरु अगाडि आएको बताए ।





Post a Comment

 
Top