0
सिद्धार्थ क्लव पोखराको आयोजना तथा सशस्त्र प्रहरी बल कालिका गणको प्राविधिक सहयोगमा आयोजित तीन दिने सरल खोज तथा उद्धार तालिम बिहीवार सम्पन्न भएको छ। समुदायमा विपद्धको कारण हुने क्षतिको समुुदाय स्तरबाटै सामना गर्न सक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा पो.उ.म.न.पा २४ कृस्ती र २६ सराङ्कोटका वडा स्तरीय विपद् व्यवस्थापन समितिका ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण सशस्त्र प्रहरी बल कालिका गण बिपद् व्यवस्थापन शाखाका प्रहरी नायव निरीक्षक पद्मपाणि पाण्डे गरेका थिए । कार्यक्रम समापनको अवसरमा बोल्दै सिद्धार्थ क्लव पोखरा अध्यक्ष अनिल श्रेष्ठले वडास्तरका विपद् व्यवस्थापन समितिलाई पूर्ण रुपमा सक्षम बनाई बिपदको सामना गर्न सक्ने सक्षम जनशक्तिm तयार गर्नुपर्ने बताए। सोही अवसरमा सिद्धार्थ क्लव पोखराका कार्यक्रम संयोजक बलराम तिमिल्सिना पो.उ.म.न.पा २४ कृस्तिका सामाजिक परिचालक इन्दिरा लामिछाने सराङ्कोट सौदा चौतार टोल विकास संस्थाका अध्यक्ष सन्तोष जि.सी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको संञ्चालन सिद्धार्थ क्लव पोखराका बाल प्रायोजन प्रमुख हेमराज अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top