0
सुरशाला म्युजिक एकेडेमी र सुरशाला फाउण्डेशनको संयुक्त आयोजनामा नेपालमै पहिलो राष्ट्रव्यापी बालगायन प्रतियोगिता को अडिशन पोखरामा २२ गते शनिबार हुने भएको छ । ‘सुरशाला आइडल जुनियर’, बालबालिकाको लागि संगीतको शिक्षा र उत्कृष्ट प्रतिभालाई उचित अवसर दिने उद्देश्यले आयोजना गरिएको सुरशाला म्युजिक एकेडेमी एवं सुरशाला फाउण्डेशका प्रबन्ध निर्देशक युवा गायक अमृत क्षेत्रीले जानकारी दिए । पोखराको न्यूरोडमा रहेको स्काइटच रेष्टुरेन्टमा विहान ११ बजे पछि अडिसन हुने बताइएको छ । फर्म शुल्क सात सय ५० रहेको बताउँदै ७ बर्षदेखि १६ बर्ष भित्रका कोहि पनि बालबालिकाहरुले प्रतियोगितामा भाग लिन पाउने क्षेत्रीले बताए । अडिशन फर्मका लागि इच्छुक बालबालिकाहरुले सुरशालाको फेसबुक पेज र वेबसाइटमा घरबाटै डाउनलोड गरी सहभागी हुन सक्ने बताइएको छ । सुरशाला आइडल जुनियरका विजेतालाइ प्रथम पुरस्कार ३ लाख ५० हजार रुपैंया, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैंया र तृतीय पुरस्कार १ लाख ६० हजार रुपैयाँ बराबरको प्रदान गरिने आयोजकले जनाएको छ । यसै गरि टप १० लाइ सुरसालामा १÷१ वर्ष सम्मको छात्रवृति प्रदान गरी जम्मा १३ लाख रुपैयाँ बराबरको पुरस्कार विजेताले पाउने छन जस भित्र नगद, गीत रेकर्डिङ्ग, म्युजिक भिडियो, ट्रफी, संगीतको छात्रवृत्ति र अन्य पुरस्कार समावेश हुने छ। विजेताहरुले देश बिदेशमा कार्यक्रम गर्ने अवसर समेत पाउने आयोजकले जनाएको छ ।


Post a Comment

 
Top