0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा समर्पणले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरबाट दुई सय १६ जना लाभाविन्त भएका छन्। शिविरबाट सात जना पुरुषसहित पाँच जना महिला गरी १२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया सम्पन्न गरिएको छ।शिविरको कार्यक्रमका प्रमुख अतिथि पूर्व डिस्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधानले उद्घाटन गरेका थिए। शिविरमा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष हुमबहादुर बसेल, कोषाध्यक्ष रामराज केसी, डिष्ट्रिक्ट चेयर पर्सन महेश पराजुली, मौजा गाविसका गाविस सचिव डम्बरजंग गुरुङ, प्रयत्नशील युवा क्लब, काफलडाँडा आमा समूह, सत्यवती आमा समूह, समर्पणद्वारा स्थापना गरिएको नयाँ क्लब लायन्स क्लब अफ पोखरा समृद्धिका सदस्य लगायतले सहयोग गरेका थिए। क्लबका अध्यक्ष  आभा जोशीको अध्यक्षतामा सम्पन्न शिविरको संयोजन विमला बसेलले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सरसिज पालिखे र मिना लाभाजुले गरेका थिए। क्लबले फागनु १५ गते मात्रै  कास्कीको मौजामा निःशुल्क स्त्री तथा प्रसुति रोगको शिविर सञ्चालन गरेको थियो।

Post a Comment

 
Top