0
गोल्डेन न्यूज संवाददाता
लेनाथमा जारी महोत्सवमा २० करोड रुपैयाँको कारोबार र ३ लाख दर्शकले महोत्सव अवलोकन गरेको बताइएको छ । महोत्सवको समापन गर्दै क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाले पर्यटन उद्योगका लागि लेखनाथ संभावनाको क्षेत्र रहेको उल्लेख गरे । प्रशासक कोइरालाले आर्थिक समृद्धिका लागि स्थानीय तथा कृषि उत्पादनमा जोड दिदै, त्यस तर्फ अग्रसर हुन व्यवसायीलाई आग्रह गरे । बेगनास, रुपा जस्ता महत्वपूर्ण ताल र सुन्दर डाँडा काँडालाई प्रवद्र्धन गर्न समेत कोइरालाले व्यवसायीहरुलाई आग्रह गरे । संघका अध्यक्ष एवं लेखनाथ महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मी प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख  कर अधिकृत लेखनाथ शर्मा, पोखरा उद्योग बाणिज्य द्वितीय उपाध्यक्ष मिनराज काफ्ले, मुख्य प्रायोजक रुपाकोट रिर्सोटका संचालक पुष्पराज अधिकारी लगायले महोत्सवले शिथिल अर्थतन्त्रलाई चलायामान बनाउन सफल भएको उल्लेख गरेका थिए । कार्यक्रममा द्वितीय उपाध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद तथा महासचिव छत्रधर आत्रेले संचालन गरेका थिए । सोही अवसरमा क्षेत्रीय प्रशासक कोइरालाले विभिन्न विधाका विजेताहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । महोत्सवमा उत्कृष्ट अटो स्टलमा एल आई मोटर पार्टस र अटो भेन्चर प्रा.लि भएका छन् । यसैगरी कृषि स्टलतर्फ बेगनास मौरी घार उद्योग प्रथम, प्रतिज्ञा सहकारी संस्था द्वितिय, सन्सा एग्रो फर्म तृतीय र चक्रदेवी ताजा तरकारी उत्पादक कृषि समूह सान्त्वना भएका छन् । कृषि प्रदर्शनीतर्फ विमला आचार्यको मुला, राजेन्द्र अधिकारीको कुखुरा उत्कृष्ट भएका छन् । 

यस्तै हस्तकलामा नेपाल क्राफ्ट, रेष्टुरेण्टमा वेलकम थकाली भान्सा घर, फेन्सी तथा गार्भेन्टमा मनिष बस्त्रालय, मेशिनरी तर्फ एक्सपानसीप नेपाल उत्कृष्ट भएका छन् । यसैगरी साधारण स्टल तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स, संघसंस्था तर्फ गुडलक एग्रो फर्म डेरी तर्फ फिस्टेल डेरी प्रा.लि उत्कृष्ट भएका छन्। यस्तै महोत्सवमा र्याली झ्याकीमा तोरी चौर आमा समूह प्रथम, राधा माधव समिति द्वितिय, कुमाल सेरामिक्स निर्माण बहुउद्देश्यीय तृतीय र नेपाल कपडा तथा सिलाई सान्त्वना भएका छन् । यसैगरी मातृशक्ति सम्मानमा माया गरुङ्ग र कमला गरुङ्गको समूह प्रथम, उमा पन्थी र दुर्गा आचायको जोडी द्वितीय, गौरी चापागाई र सीता घोषको जोडी तृतीय र गंगा थापा र शान्ति राना मगरको जोडी सान्त्वना भएका थिए । यसैगरी गण्डकी ताराको उपाधि कास्की पोखरा कुडहरकी अदिति शर्माले चुमेकी छन् । उनले ५० हजार रुपैयाँ नगद र विभिन्न पुरस्कार प्राप्त गरेकी छन । साथै उनले चर्चित संगितकार बसन्त सापकोटाको सहयोगमा एक चलचित्रमा पाश्र्व गायन गर्ने मौका समेत प्राप्त गरेकी छन् । गण्डकी ताराकै उपविजेतामा अनिल वि.क बनेका छन् । उनले २५ हजार रुपैयाँ नगद सहित विभिन्न पुरस्कार हात पारेका छन् ।






Post a Comment

 
Top