0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामले महाशिवरात्री पर्वलाई मध्यनजर गर्दै पोखरा ६ बैदाममा अवस्थित केदारेश्वर महादेव मन्दिरमा आइतबार सरसफाई गरेको छ । केन्द्रका अध्यक्ष हिरु पुनको सभापतित्वमा भएको कार्यक्रममा पोखरा–६ बैदाम टोल समन्वय समितिका अध्यक्ष गिरीराज अधिकारीले सेवा केन्द्रले समाजमा रहेको विभिन्न समस्या समाधान गर्ने देखि केन्द्रले खेलेको भुमिका प्रति सह्राना गरे । कार्यक्रममा पो.उ.म.न.पा. वातावरण शाखा प्रमुख चूडामणि तिवारी, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णु बहादुर भट्टराई, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव निरीक्षक मिन खड्का, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणका प्रहरी नायक निरीक्षक भोलानाथ तिवारी, प्रहरी नायक निरीक्षक सुरेन्द्र सिंह भण्डारी, संस्थाका सल्लाहकार दिपकवीर कुँवर, कार्यक्रम संयोजक गंगा लामिछाने र सचिव हेमप्रसाद तिमिल्सिना लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, आमा समूहहरु, टोल समन्वय र विभिन्न क्लवका गरी ८० जनाको सहभागितामा १ ट्रक फोहोर संकलन गरिएको थियो ।


Post a Comment

 
Top