0
गोल्डेन न्यूज संवाददाता
रेडियो गण्डकीले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ। रेडियोले बार्षिकोत्सव को अबसरमा साइकल ¥याली र शुभकामना आदान प्रदानसंगै गण्डकी पत्रकारिता पुरस्कार  र जनकलाकारिता पुरस्कार वितरण गरेको छ । वार्षिकोत्सवको अवसरमा गण्डकी सञ्चार गृहद्वारा स्थापित तथा सञ्चालित गण्डकी पत्रकारिता पुरस्कार–२०७२ बाट गण्डकी सञ्चार गृहका बरिष्ठ सम्बाददाता नारायण शाहीलाई सम्मान गरिएको छ । रेडियोको तर्फबाट स्टेशन म्यानेजर घनश्याम पाण्डेय, पत्रकार महासघ कास्कीका सचिव त्रिभुवन पौडेल र क्रान्तिकारी पत्रकार संघका कास्कीका संयोजक दिपक परियार रहेको प्रतिभा छनोट समितिले शाहीलाई सिफारिस गरेको थियो । कार्यक्रमका प्रमूख अतिथि तथा प्रमूख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले नगद ५ हजार सहित प्रमाणपत्रद्वारा सम्मान गरेका हुन्  । तनहुँ जिल्ला बरभञ्ज्याङ नाबरुङमा जन्मिएका पत्रकार शाहीले २०५३ सालदेखि पत्रकारिता शुरु गरेका हुन् । शाही गण्डकी सञ्चार गृहमा २०६४ सालदेखि आबद्ध छन् भने यसअघि, उहाँले दृष्टी, जनादेश, समदृष्टि र निष्पक्ष  लगायतका साप्ताहिक पत्रिकाहरुमा काम गरेका थिए । 
त्यसैगरी, गण्डकी सञ्चार गृहद्धारा नै स्थापित जनकलाकारिता पुरस्कारबाट पदमराज ढकाललाई पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी मैनालीले नगद पाँच हजार र सम्मानपत्रद्वारा सम्मान गरेका थिए । 
कार्यक्रममा बोल्दै मैनालीले बोल्दै मिडिया हाउसहरुले सही सूचना प्रबाह गर्नुपर्नेमा जोड दिए । सूचना र सन्देशहरु सकारात्मक हुनुपर्छ, गलत सूचना र सन्देशहरुले समाजमा नकारात्मक प्रभाव पार्नुपर्नेमा उनले जोड दिए । उनले समाजका हरेक निकाय तथा संघ–संस्थाहरु जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए। 
नेकपा एमालेका तेजनारायण  अधिकारीले समय परिवर्तनसंगै मिडिया हाउस र पत्रकारहरुले आफूलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठीले राज्यले मिडिया हाउसहरुको ब्यवस्थापन गर्नुपर्ने बताए । पत्रकार पुण्य पौडेलले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्न सबैभन्दा पहिले मिडिया हाउसहरुले नै पहल गर्नुपर्नेमा जोड दिए
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष सोमबहादुर थापा, कास्की बालगृह सञ्जालका महासचिव विजयकुमार प्रधान, लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, दिलमाया गुरुङ्ग, रेडियोका नियमित स्रोता प्रकाश थापा लगायतले आ–आफ्नो भनाइ राखेका थिए । रेडियो गण्डकीले पहिलो पटक नबांै बार्षिकोत्सवको अबसरमा निकालेको बृहत साइकल ¥याली पनि पोखरामा सम्पन्न गरेको छ । ¥यालीमा साइकल सिटीका सदस्य तथा प्रतिनिधि पोखराका कलेज तथा विद्यालयका बिद्यार्थीहरु, सघ–संस्था, बैकर, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, उद्योगी ब्यबसायी, पर्यटन ब्यवसायी, समाजसेवी लगायतको सहभागिता थियो । 
पोखराको नयाँ बजारबाट शुरु भएको बृहत् ¥यालीको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले शुभारम्भ गरेका थिए। थापाले रेडियो गण्डकीले उदारणीय कार्य गरेको बताउँदै रेडियो लार्ई उद्योग बािणज्यस.घको तर्फबाट सधंै साथ र सहयोग रहने बताए ।
रेडियोका अध्यक्ष अग्नी कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर घनश्याम पाण्डेयले गरेकोे कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक समितिका सदस्य गोमा ढकालले राखेका थिए। कार्यक्रममा रेडियोको बारेमा गण्डकी माछापुच्छ«े सञ्चार सहकारीका सचिव लोक प्रसाद बञ्जराले प्रकाश पारेका थिए ।



Post a Comment

 
Top