0
गोल्डेन न्यूज संवाददाता
प्रगतिशिल युवा क्लव, चापाकोट–७ घाँटिछिनाको आयोजनामा आउदो २३ गते देखि घाँटिछिनामा वडा स्तरीय भलिवल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम सफल पार्न क्लवका अध्यक्ष शिव अधिकारीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रतियोगितामा करिब १५ टिमको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगिताको अघिल्लो संस्करणमा १२ टीमले भाग लिएका थिए । आयोजक आँफैले सो प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको थियो । स्थानीय रुपमा खेलाडीहरुको खोजी गर्दै उनीहरुको प्रतिभालाई माथिल्लो स्तरसम्म उकास्नका लागि यो प्रतियोगिता वर्षेनी आयोजना गर्दै आएको प्रतियोगिता संयोजक रमेश गुरुङ्गले बताए । प्रतियोगिता सम्पन्न गर्न झण्डै १ लाख खर्च लाग्ने क्लवले जनाएको छ । देशविदेशमा रहेका साथीभाई तथा स्थानीय सहयोगीकै सहयोगमा प्रतियोगिता खर्च जुटाइने क्लव सचिव राजन पराजुलीले जानकारी दिए । प्रतियोगिताबाट बचेको रकम गत वर्ष त्यस क्षेत्रमा आएको बाढिबाट प्रभावितहरुको सहयोगमा खर्चिने पनि उनले बताए । चार दिने प्रतियोतामा प्रथम हुने टिमले नगद १८ हजार, द्वितीयले नगद १२ हजार तथा तृतीयले नगद ७ हजार सहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने जनाइएको छ । त्यसैगरि उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र लिफ्टरलाई पनि ट्रफि प्रदान गरिने बताइएको छ ।





Post a Comment

 
Top