0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वी नारायण क्याम्पसमा ४३औं विश्व वन्यजन्तु दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । क्याम्पसको प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाज, पोखराको आयोजनामा बिहीबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले वन्यजन्तु तथा वनस्पतिहरुको संरुक्षणमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै पृथ्वी नारायण क्याम्पस प्राणीशास्त्र विभागका प्रमुख तथा समाजका अध्यक्ष रामगोपाल ढेवाजुले वन्य जन्तु संरक्षणका लागि समाजका सबै पक्षहरुले पहल गर्नुपर्ने बताए । कार्यक्रममा उप प्राध्यापक शेरमान गुरुङ्ग, प्रेमराज गौतम, विनोद कुँवर, हेमन्त ढकाल तथा विद्यार्थी स्वर्णिम अधिकारी लगायतले बोलेका थिए । पृथ्वी नारायण क्याम्पसमा प्राणीशास्त्र विषय अध्ययन तथा अध्यापन गराइरहेका करिब पाँच दर्जन शिक्षक तथा विद्यार्थीहरुको सहभागिता थियो । सन् १९७३ मार्च ३ मा विश्व संरक्षण संघको अग्रसरतामा हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि विविध कार्यक्रममा साथ यो दिवस मनाउने गरिन्छ ।

Post a Comment

 
Top