0
कास्कीमा रहेका बाल संरक्षण गृहहरुलाइ कानूनी मपदण्ड पुरा गरेर मात्र सञ्चालन गर्न जिल्ला बालकल्याण समितिले आह्वान गरेको छ । एसओएस बालग्रामद्वारा सञ्चालित गुणस्तरीय हेरचाह सम्बन्धी बालगृह सञ्चालकहरुलाई पोखरामा दिइएको दुई दिने अभिमुखीकरण कार्यक्रममा जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले कार्यक्रम उद्घाटनका अवसरमा सो कुरा बताएका हुन । सो अवसरमा उनले नेपाल सरकारले अन्तर्राष्ट्रिय बाल अधिकर महासन्धिमा हस्ताक्षर गरेपछि बाल अधिकारका बिषयमा महत्वपूर्ण कार्यहरु भैरहेको र अझै पनि बालगृह सञ्चालकहरुसँग सहकार्य गरी अगाडि बढन सरकार तयार रहेकोले सरकारको ऐन नियम भित्र रहि बालगृह सञ्चालन गर्न आह्वान गरेका हुन् । नेपालमा ५ सय ९४ बालगृह रहेको र त्यहाँ १६ हजार १ सय १७ बालबालिकाहरुले आवासीय सुबिधा लिइरहेका अवस्थामा कास्की जिल्लामा हालसम्म सम्पर्कमा आएका ६३ बालगृहहरुमा १४ सय ४२ (७ सय ६४ बालिका र ६ सय ७८ बालक) बालबालिकाहरुले आवासीय संरक्षण लिएको कार्यक्रमका अवसरमा आवासीय बालगृहहरुकाबे अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्दै उक्त  जानकारी गराइएको थियो ।
एसओएस बालग्राम गण्डकी र जिल्ला बालकल्याण समितिको संयोजनमा भएको कार्यक्रममा बालगृहमा राखिएका बालबालिका हरुका लागि मेरो हेरचाह गर्नुहोस कार्यक्रम अन्तर्गत गुणस्तरीय हेरचाह अभियानका संयोजक सुश्मा पोखरेलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा जिल्ला महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मी जिसीले आवासीय बालगृह सञ्चालन निर्देशिका मापदण्ड २०६९ तथा बालबालिका राष्ट्रिय नीति २०६९ बमोजम रहनेगरी बालबालिकाको सर्वोत्तम हितमा रहेर काम गर्न बालगृह संचालकहरुलाई सुझाएकी थिइन ।  दुई दिनसम्म चलेको कार्यक्रममा एसओएस बालग्रबबगण्डकीका निर्देशक भगबअतकुमार श्रेष्ठ, सेप नेपालका महासचिब रबिन नेपाली, जिल्ला बाल अधिकृत बद्रीप्रसाद बाग्ले तथा गुणस्तरीय हेरचाह अभियानका संयोजक सुश्मा पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा कास्कीमा सञ्चालित २० वटा बालगृह सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








Post a Comment

 
Top