0
गोल्डेन न्यूज संवाददाता
रिमझिम दोहोरी साझ तथा रेष्टुरेन्ट विरौटाले प्रथम वार्षिकोत्सबको अबसरमा विशेष सांगितिक साँझ २०७२ शुक्रवारबाट सुरु गर्ने भएको छ । फागुन २७ गतेसम्म सञ्चालन गरिने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक पुरुषोत्तम न्यौपानेले जानकारी दिए । ६ दिनको अवधिमा चर्चित राष्ट्रिय कलाकार कोमल वली, पुरुषोत्तम न्यौपाने , रामभक्त जोजीजु, रमेश विजी, कुमार पुन, जुना श्रीस मगर, राधिका हमाल, निता पुन, शंकर विरही गुरुङ लगायतको प्रस्तुती रहनेछ । ‘ वार्षिकोत्सवको अबसरमा हामी ग्राहकलाई विशेष कार्यक्रमको साथमा १० प्रतिशत छुट पनि दिन्छौ ’ संयोजक न्यौपानेले भने । एक बर्ष अघि ८ जनाको लगानीमा दोहोरी सुरु भएको हो । सो अवसरमा मौलिक लोक सास्कृतिको क्षेत्रमा कमल चलाउने पत्रकार राजाराम पौडेल सहित दोहोरी क्षेत्रमा निरन्तर लागिरहेका लोकदोहोरी गायक श्रीराम अधिकारीलाई सम्मान गरिनेछ । साथै दोहोरीका उत्कृष्ठ कर्मचारी गायक गगन गुरुङ र राम्रो सेवा प्रदान गर्ने कर्मचारी मनिषा श्रेष्ठलाई सम्मान गरिने भएको छ । उनीहरुलाई सम्मानपत्र सहित नगद ३ हजार ३ सय ३३ रुपैया प्रदान गरिने न्यौपानेले बताए ।
जसमा कार्यकारी अध्यक्ष पिताम्बर भण्डारी छन् । विरौटामा रहेको दोहोरीको निर्देशकमा पुरुषोत्तम न्यौपाने, श्रीराम वराल, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, कुमार पुन, नविन आले र जानुका भट्टराई रहेका छन् । दोहोरी सञ्चालन गर्न ९४ लाख लगानी लागेको संयोजकले बताए । दोहोरीमा १६ कलाकार सहित ३५ जना कार्यरत छन् ।

Post a Comment

 
Top