0
संगीता रेग्मी
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको पद सम्हालेपछि पहिलो विदेश यात्राको रूपमा भारतको भ्रमण गरेका छन् । भारत भ्रमणलाई सरकारी पक्षबाट सदभाव भ्रमण भनिएको थियो । ओलीको भ्रमणअगावैदेखि नेपाली जनताले विभिन्न किसिमका अपेक्षा गरेका थिए । तर, हात्ती आयो हात्ती आयो फुस्सझैं अहिले साबित हुन थालेको छ । प्रधानमन्त्रीले आफ्नो भ्रमण पूर्ण सफल भयो भन्ने जति भनेपनि त्यसको उपलब्धी खासै केही देखिदैन । ओलीको भ्रमण वास्तवमा कुनै ठोस उपलब्धी वा अपेक्षाकृत भएको छैन ।
स्वयम् प्रधानमन्त्री ओलीले आफू कुनै एजेन्डा लिएर भारत नआएको नयाँ दिल्लीको भ्रमणका क्रममा भनेका थिए । भारत नेपालको आसन्न छिमेकी हो । आकारको तुलनामा धेरै ठूलो छिमेकी हो । व्यवहारको रूपमा सीमा खुला भएको छिमेकी हो । पर्खाल लगाएको छिमेकी भने भारत होइन । खुला छिमेकी बीच अलि रूखो सुखो हुनु स्वाभाविक हो । साना छिमेकीले ठूलासँगको रूखो सुखो व्यवहार गर्दाका बखत अलि चर्किनु स्वाभाविकै हुन्छ । कतै नेपालको पक्षबाट सानो कमजोरी भएको रहेछ भने भारतले यसैगरी बुझ्नु पर्ने देखिन्छ । तर यो सबै सन्दर्भमा सही सावित नहुन सक्छ । उत्पात् टेक्ने ठाउँ लिएर गर्नुपर्छ । कुनै बालक सोचविचार नगरिकन समुद्रको छालमा हाम फाल्छ भने परिणाम यो छालको चक्रवाती तरङको दिशा र दशामा भरपर्छ । भारत नेपालको सम्बन्ध इतिहास जतिकै पुरानो छ । आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धको अन्योन्याश्रितपनलाई बुझ्नु पर्छ । तर यो अन्योन्याश्रितपनलाई बुझ्ने क्षणमा नेपाल छालको चक्रवाती तरङको दिशा र दशालाई ध्यान दिनुपर्छ । कुनै एजेन्डा नलिइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भारतले सम्बन्धको सुधारका लागि देखाएको लचकतालाई सँगालेर मधेशलाई साथ लिएर देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता बोध गर्नुपर्छ । मधेशको छातीमा खोपिएका ५५ घाउमा मलम दल्ने प्रतिबद्धता दिलाउनु र तदनुरूप व्यवहार गर्नु ओलीको सदभाव भ्रमणको सार्थकता ठहरिने छ । मधेशले खोजेको अपेक्षा पनि यही हुनेछ । 
मधेशीहरूको आन्दोलन र उनीहरूले गरेको नाका अवरोधलाई भारतीय शासकहरूको समर्थनमा गरिएको आन्दोलन भनी व्याख्या गर्दै संघीय गणतन्त्र नेपालको संविधान घोषणा पछि पहिलो प्रधानमन्त्रीको सपथ लिएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतीय शासकहरू समक्ष ती आरोपको समुचित जवाफ दिन नसकेपछि नेपालीहरू पाउने थप सहयोग तत्कालका लागि रोकिएको छ । मधेशीहरूलाई भारतीय भन्दै आएका समूहहरूको नेतृत्व गर्दै प्रधानमन्त्रीको सपथ खाएका ओलीलाई मधेशीहरू भारतीय हुन् वा नेपाली हुन्, मधेशीहरूले गरेको आन्दोलन भारतले गरेको हो वा समकालीन नेपालको समस्याले निम्त्याएको आन्दोलन हो जस्ता प्रश्नहरूको जवाफ  दिन भनिएको भ्रमणसँग सम्बद्ध कुटनीतिज्ञहरूले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान जारी हुनु महत्वपूर्ण उपलब्धी हुँदा पनि त्यसको सफलताका लागि सहमति र सम्वादमा निर्भर पर्ने धारणा व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भारतीय प्रम मोदीले सहमति र सम्वादको सिद्धान्तअनुसार नेपालका सबै वर्गलाई साथमा लिएर जानुपर्ने सुझाव समेत दिए । मोदीले नेपालको संविधानसँग जोडिएको सबै मुद्दाहरूको सन्तोषजनक निवारण गर्दा नेपाल प्रगति र स्थिरताको बाटोमा अग्रसर हुने आशा व्यक्त गरे ।
भारतीय प्रधानमन्त्री मोदीको सो सन्देशलाई ओलीले आत्मसात गर्नुको सट्टा आफ्नो भारत भ्रमण पूर्ण सफल भएको वक्तव्य दिए । उनले नेपालको आन्तरिक मामिलाबारे भारतमा परेको भ्रम चिर्न सफल भएको समेत मिडियामा वक्तव्य दिए । यो भ्रमणलाई अन्य भ्रमणभन्दा खासै पृथकरूपमा लिन नसकिने नेपाल–भारत मामिलाका विश्लेषकहरूको भनाई छ । सार्वभौम देश नेपालका प्रधानमन्त्री अर्को गणतान्त्रिक देशमा जाँदा जुन किसिमको सम्मान पाउनुपर्दथ्यो, त्यो स्वागत भारत भ्रमणमा प्रधानमन्त्रीले पाएकै हुन् । अन्य पृथक केही भएको छैन ।
भ्रमणमा ओलीले अन्तर्यमा रहेका राजनीतिक एवं कुटनीतिक सवालको जवाफ दिन नसक्दा भ्रमणबाट नेपाललाई हुने अपेक्षित फाइदा तत्काल स्थगित गरिएको हो । भ्रमणबाट भारतीय पक्षले खोजेको विषयको विश्वसनीयतालाई ओलीले औसतरूपमा प्रस्तुत गर्न नसकेको उनीहरूको बुझाइ छ । तर पनि यो भ्रमणबाट दुई देशकोको खस्रो सम्बन्धलाई चिप्लो पार्ने काम भएको भने उनीहरूले बताएका छन् । यो विषयको पुष्टि भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओली आफैले दिएका छन् । फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग ओलीले नेपाल र भारतबीच देखिएकोे असमझदारी हटाउँदै सम्बन्ध सुदृढ गर्न आफ्नो भारत भ्रमण सफल भएको बताए । ६ दिने भारत भ्रमण सकेर बुधबार राति स्वदेश फर्केका प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच देखिएको सबै खाले असमझदारी अन्त्य भएको विश्वास व्यक्त गरे । यो भ्रमणले राजनीतिक स्तरको सम्बन्धलाई उत्तिकै मजबुत बनाएको बताए । आफ्ना कमीकमजोरीलाई लुकाउँदै उनले  भने,’ भ्रमणका विषयका धेरै विषयहरू बाहिर आइसकेका छन् । यसबाट पनि यहाँहरूलाई अवगत नै होला यो भ्रमण सफल भएको छ ।’ भारतले संविधान जारी गर्नु अघि नेपालका सबै पक्षलाई मिलाएर संविधान जारी गर्नु र शान्ति कायम गर्नु भनेको विषयलाई ओलीले दोहो¥याउँदै उनले भने “भारतको चाहना पनि नेपालमा शान्ति, स्थायित्व र नेपालको विकास नै हो” ।
आफ्नो असफलतालाई लुकाउन ओलीले एजेन्डा बिना नै भारत भ्रमणमा गएको विषयलाई उठाउँदै भने “’भारत जानुभन्दा अघि नै भनेको थिए यो भ्रमणमा विभिन्न एजेण्डा लिएर जान लागकोे होइन । मैले त्यहीं पुष्टि गरे । यो भ्रमणमा नेपालमा जारी भएको संविधानको अवस्थाको विषय भारतीय समकक्षी र नेतृत्वलाई स्पष्ट पारे । एक्ला एक्लै देखि संयुक्त बैठकहरूमा समेत यस्ता विषय उठाएर समाधान गराउन जोड दिएँ ।” पत्रकारहरूले सम्बोधन गर्दै उनले भ्रमणको क्रममा भारतीय चाहना र नेपालको चाहनाहरूबारेमा खुलेर छलफल भएको जानकारी दिए । उनले भारतका लगानीकर्ताहरू सँगको भेटमा नेपालमा लगानी गर्न आग्रह गरेको र लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न उत्सुक रहेको बताए । व्यापारका लागि विशाखाापट्टनम बन्दरगाह, बंगलादेशसँग ब्यापार गर्न रेलमार्गको प्रयोग लगायत व्यापारिक तवरबाट भ्रमणको थप सफलता भएको उनलको बुझाइ थियो । भ्रमणबाट अपेक्षित लाभ भने आउन नसकेको विश्लेषकहरूको बुझाइ रहेको छ । ती विश्लेषकहरूले ओलीका बिना कुनै तयारी भारत भ्रमणमा जाँदा भ्रमणबाट अपेक्षित सफलता नभएको र मधेशी लगायत सम्पूर्ण नेपालीहरूका लागि हुन सक्ने मलम ल्याउन ओली चुकेकै हुन् । तसर्थ, प्रधानमन्त्री ओलीको भ्रमणबाट जुन अपेक्षा नेपाली जनताले गरेका थिए त्यो आकांक्षा पूरा नभएकै हो । भारतले दिएको सहयोग र सहुलियत ऋणलाई प्रधानमन्त्रीले कमसेकम इमान्दारीपूर्वक लागू ग¥यो भने नेपाली जनताका लागि उपलब्धीपूर्ण मान्न सकिन्छ ।
(स्रोत ः मधेश दर्पण फिचर)





Post a Comment

 
Top