0
गोल्डेन न्यूज संवाददाता
 हेमजा आवासिय वोर्डिङ्ग स्कूलको बुधबार सम्पन्न अभिभावकहरुको भेला विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ । भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोतिलाल तिमिल्सिनलाई सर्वसम्वत चयन गरिएको छ। समितिको सदस्य सचिवमा केशवशरण पौडेल, सदस्यहरुमा मनकुमारी पौडेल, चुडामणी तिमिल्सिना, कुलप्रसाद त्रिपाठी, पार्वती बाँनिया र नारायणी वस्नेत रहेका छन् ।
त्यसैगरि भेलाले प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ। संघको सदस्य सचिवमा नारायणी दाहाल तथा सदस्यहरुमा केशवशरण पौडेल, मोतिलाल तिमिल्सिना, सिष्टर तास्कीला, इन्द्रप्रसाद त्रिपाठी, सृजना सापकोटा, प्रकाशचन्द्र पौडेल, विष्णु वाँस्तोला र दलबहादुर कुँवर रहेका छन्। विद्यालय व्यवस्थापन समितिको कार्यअवधि तीन वर्षको र शिक्षक अभिभाक संघको कार्यअवधि दुई वर्ष रहेको छ। यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालय निरीक्षक मनकुमारी पौडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अभिभावकको महत्वपूर्ण भूमिका रहने बताईन्। विद्यालयका राम्रा र नराम्रा पक्ष केलाएर शैक्षिक गुणस्तर बृद्धि गर्न अभिभावकहरु लाग्नुहोस् उनले भनिन्–जिल्ला शिक्षा कार्यालयबाट महिले के गर्नु पर्दछ त्यो सहयोग गर्न तयार छु । हेमजा स्रोत व्यक्ति भिमप्रसाद पौडेलले गुणस्तर शिक्षा दिने विद्यालयमा अग्रसर हुन आग्रह गरे । अबको शिक्षा भनेको समायानुकुल हुनुपर्दछ उनले भने–समायानुकुल शिक्षा दिन विद्यालय अग्रगतिमा आओस् यहि मेरो शुभकामना छ।
विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले अभिभावको सल्लाह अनुरुप नै शैक्षिक गतिविधिलाई अगाडि बढाउने बताए। यो विद्यालय भनेको अभिभावकहरुकै हो उनले भने–अभिभवकको सल्लाह वेगर हामी आगाडि बढ्न सक्दैनौ। कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक माधवशरण पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटा, पोखरा–२७ हेमजाका सचिव कुविन्द्र कुँवर, अभिभावक विष्णु पौडेलले बोलेका थिए।
विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रिन्सिपल भरत अधिकारीले स्वागत र शैक्षिक प्रशासक शंकरमणि त्रिपाठी छन्दमणिले कार्यक्रम सञ्चालन गरेका थिए। विद्यालयको अभिभावक दिवस तथा वार्षिकोत्सव चैतमा मनाउने भएको छ। अभिभावक बीचको सम्वन्ध सुमधुर गर्नका लागि विद्यालयले अभिभावक बीच विभिन्न खालका अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्ने लक्ष्य राखेको छ।



Post a Comment

 
Top