0
गोल्डेन न्यूज संवाददाता
तमुधि नेपाल प्रभास शाखा साउदी अरब क्षेत्रीय समिति जेध्या ले क्यान्सर पीडितलाई सहयोग  गरेको छ । कास्की  सैम¥याङ्ग गाविस वारचोक २ की सरिता गरुङ्गलाई बुधबार उनकै डेरामा पुगि समितिका पूर्व सचिव तथा पोखरा वडा न.१८ का नेकपा एमालेका सचिव ढोेल गरुङ्ग र प्रभास शाखा साउदी का सचिव की धर्मपत्नी प्रगती गरुङ्गले दुई लाख पैंतिस हजार छ सय रुपैंया नगद सहयोग गरेका हुन् । सहयोग गर्दै समितिका पूर्व सचिव गरुङ्गले विदेशमा रहेर पनि नेपालीलाई परेको दुःखमा साथ दिन पाउँदा खुसी लागेको बताए । त्यस्तै तमुधि नेपाल प्रभास शाखा साउदी अरब क्षेत्रीय समिति जेध्याका सचिव नारायण प्रसाद गरुङ्गले साउदी बाट फोनमा भने–‘विदेशमा रहेर पनि थोरै थोरै गर्दै बचाएको रकमले नेपाली को दुखमा मलम पट्टी लगाउन पाउँदा आफू ज्यादै खुसी भएको बताए । आगामी दिनमा पनि यस्ता परोपकारी कामहरु समितिले गर्दै जाने गरुङ्गले जानाकारी दिए । २०७२ पौष मा बिरामी भएकी सरिता गरुङ्गलाई पोखराको फिस्टेल हस्पिटल, काठमाडौंको अल्का अस्पताल र भरतपुर लैजादा समेत रोग को पहिचान नभएपछि  भारत मा  लगेर उपचार गर्दा क्यान्सर भएको थाहा भएको सरिता गरुङ्ग का श्रीमान् टेकबहादुर गरुङ्गले बताए । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले उपचार गर्न समस्या भएको उनले दुखेसो पोखे । उपचार गर्नका लागि डाक्टरले ३५ देखि ४० लाख लाग्ने जानाकारी दिएको बताउँदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । क्यान्सर पीडित गरुङ्गका २ छोरी १ छोरा छन् ।

Post a Comment

 
Top