0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले पोखरामा क्षेत्रीयस्तरको विमानस्थलका लागि सबै प्रक्रिया पुरा भएको र केही दिनभित्रै चीनसंग ऋण सम्झौता गर्ने तयारी भैरहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्र सुरु राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै उनले जग्गा अधिग्रणको मुआब्जा वितरण लगायतका काम पुरा भएको र ऋण सम्झौता हुने वित्तिकै निर्माणको काम अगाडि बढने बताए । चीनको एक्जिम बंैक सहुलियतपूर्ण ऋण दिन तयार छ उनले भने–‘चीन सरकारको सहमतिमा सम्झौता अगाडि बढेको र हस्ताक्षरमात्रै बाँकी छ, लामो समय लाग्दैन् केही हप्ताभित्रै सम्झौता हुन्छ । उनले सम्झोता लगत्तै शिलान्यास हुने भन्दै विमानस्थल शतप्रतिशत बन्ने भन्दै ढुक्क हुन पोखरेलीलाई आग्रह गरे । उनले भने–‘बिना विलम्व कार्यतालिका बनाएर निर्माणको काम अगाडि बढाउन चाहन्छांै, त्यसका लागि जग्गा अधिग्रहण, मुआब्जा वितरण र स्रोतको ब्यवस्थापन लगायतका काम सकिएका छन्, ऋण सम्झौता हुने वित्तिकै शिलान्यास हुन्छ, त्यसपछि तीव्र गतिमा काम सुरु हुन्छ । मन्त्री पौडेलले अवको एजेण्डा आर्थिक विकास र समृद्धि हुनुपर्ने बताए । उनले राजनीतिक अधिकार प्राप्तिका आन्दोलने सफलता प्राप्त गरेकाले अवको एजेण्डा आर्थिक विकास हुनुपर्नेमा जोड दिए । ‘नेपाली जनताको चाहना अनुरुप संविधान जारी भैसहेकाले एकहदसम्म राजनीतिक एजेण्डा र अधिकार प्राप्तिको चरण पारगरेका छांै, अबको एकमात्र एजेण्डा आर्थिक विकास र समृद्धि हुनुपर्छ ।’ मन्त्री पौडेलले अव राजनीतिका लागी भन्दा पनि विकासका लागि राजनीति हुनुपर्नेमा जोड दिए । ‘अवको एजेण्डा विकास हुनुपर्छ र विकासका लागि राजनीति हुनुपर्छ ।’ सांसद रविन्द्र अधिकारीले पोखरालाई अन्तर्राष्ट्रिय शरहका रुपमा विकास गर्न पूर्वाधारमा ध्यान दिनुपर्ने बताए । आगामी वजेटमा पोखराको विकासलाई ध्यानमा राखेर विनियोजन गर्न आग्रह गर्दै काठमाडौं, पोखरा र लुम्विनी फाष्टट्रयाक र चीनसंग जोडने केराला नाका जोडने सडक विस्तार र पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्न सके पोखराले विकासमा फड्को मार्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले करको दायरामा धेरैलाई ल्याउन नसक्दा आर्थिक समृद्धि नारामा मात्रै सीमित हुने बताए । उनले अहिले ३ लाखले मात्रै कर तिर्ने गरेको बताउँदै करदाता बढाउन सरकार आक्रामक शैलीमा आउनुपर्ने बताए । उनले लगानीका लागि अझै ब्यवसायिक वातावरण बन्न नकेको बताउँदै निजी क्षेत्र र सरकार बीच सहकार्य आवश्यक रहेको बताए । उद्घाटन कार्यक्रम पोखरा उद्योग वाणिज्य सघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको थियो भने संचालन महासचिव रविन्द्रबहादुर प्रजुले गरेका थिए । मेलामा हस्तकला, कृषिजन्य, रेष्टुरेण्ट, अटो, वित्तीय संस्था, सुचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनका गरि ३ सय स्टल रहेका छन । मेला सम्पन्न गर्न ८३ लाख ७० हजार खर्च हुने अनुमान गरिएको छ । मेलामा १ एकरोड ११ लाख आम्दानी हुने र तीन लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

Post a Comment

 
Top