0
नेपाली कांग्रेसको महाधिवेशन मा पाहुना बन्न काठमाडौं आएका बिहारका मुख्यमन्त्री नीतिशकुमारले मधेस आन्दोलनबारे चासो देखाएका छन् । काठमाडौं आएकै दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । बिहारका मुख्यमन्त्री नीतिश विहीबारबाट सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा आतिथ्य ग्रहण गर्न बुधबार काठमाडौं आइपुगेका हुन् । काठमाडौं आएकै दिन उनले शशांक कोइरालाको निवासमा पुगेर सुशील कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेटेका छन् । मुख्यमन्त्री नीतिशले शशांकलाई भेटेपछि प्रचण्डलाई अपरान्ह ४ बजे उनकै निवास लाजिम्पाटमा पुगेर भेट गरेका थिए । लाजिम्पाटबाट उनी सीधै राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा नेपाल र भारत वीचको सम्बन्धबारे कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिलाई भेटेपछि नीतिशले  प्रधानमन्त्री केपी ओलीलाई भेट गरेका थिए । नेपाली नेताहरुको भेटमा भारतीय राजदूत रञ्जित राय पनि नीतिशका साथमा थिए । साथै नीतिशको पार्टी जनता दल युनाइडेडका नेता केसी त्यागी पनि भेटमा सहभागी थिए । नीतिशले एमाओवादी अध्यक्ष प्रचण्डसँग ४५ मिनेट कुराकानी गरेको प्रचण्डको सचिवालयले बतायो । भेटमा नीतिशले मधेस आन्दोलनबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए । भेटका क्रममा उनले नेपालमा संविधान कार्यान्वयन र मधेसमा भइरहेको आन्दोलनका बारेमा जिज्ञासा राखेको प्रचण्डको सचिवालयले बतायो ।



Post a Comment

 
Top