0
गोल्डेन न्यूज संवाददाता
पोखरा–७, रत्नचोकमा अबस्थित सबलाईम उच्च मावि मा अध्ययनरत कक्षा ६,७ र ८ को विद्यार्थीहरुको दुई दिने पञ्चासे पञ्चधाम अवलोकन शैक्षिक भ्रमण सम्पन्न भएको छ । फागुन १४ र १५ गते भएको शैक्षिक भ्रमणमा १८० जना विद्यार्थीको साथै ९ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई प्राकृतिक मनोरम दृश्यको दृश्यावलोकन गराउनुका साथै पञ्चासेको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराउने उद्देश्यले भ्रमण गराईएको थियो । शुक्रबार बिहान विद्यालयबाट हल्लनचोक, पामे हुदैँ घाटिछिँदा सम्ममा बसमा यात्रा गरेपछि भ्रमण टोली मकवानपुर, सिदाने हुदैँ पैदल यात्रामा सुन्दर प्रकृतिको अवलोकन गर्दै बेलुका पञ्चासे भञ्ज्याङ्गमा बास बसेको थियो । केहिबेर भञ्ज्याङ्गबाट सामान्य दृश्यवलोकन गरेर सांस्कृतिक कार्यक्रममा रमाएका भ्रमण टोलिका विद्यार्थीहरु क्याम्प फाएरमा मग्न थिए । स्याङ्गजा, पर्वत र कास्कीको संगमस्थलमा रहेको पवित्र भूमि पञ्चासेको अवलोकन गर्ने भ्रमण टोलीको लक्ष्य भएकाले टोलीले शनिबार बिहान पुनः यात्रा सुरु गरेको थियो । भञ्ज्याङ्गबाट करिब दुई घण्टाको पैदल यात्रा पछि पञ्चासे ताल पुगेर त्यहाँको अवलोकन गरि १ः३० घण्टाको उकालो बाटो पार गर्दै पञ्चासे मन्दिरमा पुगेको थियो । पञ्चासे डाँडामा अवस्थित शिव मन्दिरमा पूजागरि त्यहाँको बारेमा जानकारी लिदैँ टोली पुनः भञ्ज्याङ्ग फर्केको थियो । कतैकतै फूलेको लालीगुराँसको सुन्दरता अनि यात्राको रमाईलोमा मोहित हुदैँ भ्रमण टोली पैदल यात्रा गरि घाँटिछिदा झरेको थियो । विद्यालयका शिक्षक अनिल बाबु खड्काको संयोजकत्वमा सम्पन्न उक्त भ्रमणको उद्देयश्ये माथि विद्यालयका उच्च मावि संयोजक पुष्पराज पराजुलीले स्पष्ट पार्दै यस्ता भ्रमणहरुले विद्यार्थीहरुको बाह्य ज्ञानमा बृद्वि हुने बताए । विद्यालयका संस्थापक लिलाधर पराजुली, प्रिन्सिपल युवराज पराजुली, शिक्षकहरु कमलापति शर्मा, महेश बराल, भरत बराल, बैज्यनाथ कनौजिया, अनिल बाबु खड्का र शिक्षिका सञ्जु थापाले समेत यात्राको क्रममा विद्यार्थीहरुलाई बिभिन्न विषयमा जानकारी गराएको विद्यालयका प्रेस संयोजक कमलापति शर्माले जानकारी दिए।






Post a Comment

 
Top