0
श्यामसुन्दर पुडासैनी
नेपाली आकाशमा फेरि एकपटक विमान दुर्घटनाको अर्को शृखला थपिएको छ । सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरपोर्टमा दुर्घटना हँुदा २ जनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना हो । सन् १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाण्डौमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाउनु प¥यो । सोही एयरलाइन्सको विमान सन् १९५८ मा टिकाभैरभमा दुर्घटना हुँदा २० जनाको मृत्यु भयो । यस्तै एन ए सी को बिमान सन् १९६० मा भैरहवामा दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाउनु प¥यो । नेपाल एयरलाइन्सको विमान सन् १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा त्यही बर्ष दुर्घटना भयो जसमा ६ जनाको मृत्यु भयो । सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो । यसैगरी सन् १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लिमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो जसमा १ जनाको मृत्यु भएको थियो । यस्तै सन् १९७२ मा रोयलफ्लाईट धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भयो । यसैगरी सन् १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडांैको बौद्धमा दुर्घटाना हुँदा ५ जनाको ज्यान गयो । त्यसको एक बर्षपछि सन् १९७६ मा नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हँुदा ६ जनाको मृत्यु भयो । सन् १९७९ मा भिभिआईपी लाङलाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो । सोही एयरलाइन्सको बिमान सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाउनु प¥यो । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो जसमा २५ जनाको ज्यान गयो । १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटाना हुँदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो । भने सोही बर्ष पि आइ एको विमान भट्टेडाडामा दुर्घटना हँुदा १६७ जनाको ज्यान गयो । जुन अहिले सम्मकै नेपाली आकाशमा भएको सबै भन्दा ठूलो दुर्घटना मानिन्छ । यसैगरी एभरेष्ट बिमान सिंगापुरमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । सन् १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाडौंमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भयो । त्यसको २ बर्षपछि सन् ९९७ मा कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाले मृत्यु बरण गर्नु परेको थियो । यसैगरी सन् १९९८ मा ए.टि.एस.सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हँुदा १८ जनाले ज्यान गुमाउनु प¥यो । सोही बर्ष नै एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो । सन् १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सन् १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुँदा ५ जना र लुथासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुँदा ५ जनाको नै मृत्यु भयो । सन् १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुँदा १५ र सोही बर्ष स्काईलाईनको विमान कमवानपुरमा दुर्घटना हुँदा १० जनाको ज्यान गयो । यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो । नेपाल एयरलाइन्सको विमान सन् २००० मा डडेलधुरामा दुर्घटना भयो जसमा सवार २५ जनाले ऐय पनि भन्न पाएनन् । त्यसको एक सालपछि फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । सन् २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ जनाको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको सा्रग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो । सन् २००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु भयो । सन् २००४ मा लम्जुङमा यति एयरलाइन्सको बिमान दुर्घटना हुँदा ३ जनाको ज्यान गयो । यसैगरी रामेछापमा सन् २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घना पनि ३ जनाको नै मृत्यु भयो । जुम्लामा यती एयरलाइन्सको बिमान २००६ मा दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो । सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु प¥यो । सन् २००९ मा भने नेपाली आकाश हवाई यात्राका लागी सुरक्षीत रह्यो । त्यसवर्ष कुनै दुर्घटना भएन् । तर सन् २०१० मा भने २ ओटा हवाई दुर्घटना भए । जसमा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो । त्यसै वार्ष खोटाङबाट उडेको तारा एयरको विमान बीच बाटैमा दुर्घटना हुँदा २२ जनाले अकाल मै ज्यान गुमाउनु प¥यो । सन् २०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भयो । यस्तै २०१२ मा पछिल्लो पटक सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यकाभित्रै मनोहरा खोलाकिनारमा भएको र १९ जनाको मृत्यु भयो । सन् २०१३ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । उक्त दुर्घटनामा १५ जनाले यसमा ज्यान गुमाए । सन् २०१४ मा अर्घाखाचिमा १८ जनाले ज्यान गुमाए । यस्तै बुधबार भएको तारा एयरको विमान दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । नेपाली आकाशमा उड्दा उड्दै ज्यान गुमाउने संख्या ७ सय ६० भन्दा बढी नाघेका छ । एकपछि अर्को गर्दै नेपालमा दुर्घटना हुँदा नेपालको हवाईसुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ । अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओ) ले नेपालको आकाश असुरक्षित भएको भन्दै तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको ध्यानाकर्षण समेत गराएको थियो । उड्यान सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा सन् २००९ मा आईकाओले गरेको नेपालको उड्यान सुरक्षाजाँच प्रतिवेदनमा नेपालले कुनै पनि बुँदामा न्यूनतम मापदण्ड पूरा नगरेको देखाएको छ । यसले गभिरता नभएको पुष्टि गर्छ । उड्यान सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको देखाएको छ । आईकाओको उड्यान सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ । दुर्घटनाका थुप्रै कारणहरु हुन्छन ती मध्य हुन्न् विषम भू–धरातल, तिब्रगतीको मौसमी फेरबदल, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरण्ँको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनु, अदक्ष पाइलट, आदि । नेपाली हवाईयात्राको इतिहास हेर्ने हो भने अहिलेसम्म नेपालमा ७० वटा जहाज ठूला दुर्घटनामा परिसकेका छन् । नेपालले ९० को दशकमा उदार आकाश नीति लिएपछि नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाए । उडान गर्ने जहाजको संख्या जसरी ह्वात्तै बढ्यो त्यसरी नै दुर्घटनाको क्रम पनि बढेको देखिन्छ ।
सन् १९५० को दशकदेखि जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने, आयोगले दुर्घटना नदोहोरिउन् भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिए तर, दुर्भाग्य आयोगले सुझाव दिएका केही प्रतिवेदनबाहेक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंग अधिकांश प्रतिवेदन छैनन, कार्यान्वयनको कुरा त टाढाको पाटो भयो । अधिकांश दुर्घटना अध्ययन प्रतिवेदनले जहाजको प्राविधिक अवस्था चुस्त राख्नुका साथै जोखिमबाट जोगाउन सूचना दिने प्रविधि जडान गर्न सुझाव दिएका छन् । विश्वभर भइरहेका जहाज दुर्घटनामा ८० प्रतिशत मानवीय कारण्ँ रहेको पाइन्छ । तर, नेपालमा भएका हवाई दुर्घटनामा ९५ प्रतिशत मानवीय कारण जिम्मेवार रहेको अध्ययन प्रतिवेदनबाट देखिन्छ । धेरै सावधानी अपनाउने र अनुभवी भनि कहलिएका चालकहरुले उडाएका विमान दुर्घटनामा पर्दा पनि प्रतिवेदनले मानवीय कमजोरी नै भनी ठहर गरेको देखिन्छ । किनकी अधिकास विमान दुर्घटना भउपछि चालकको मृत्यु भईसकेको हुन्छ । मृत्यु भैसकेका चालकलाई दोष दिएर दाषी उम्काउन पनि छानविन सत्य तथ्य नहुने आशका छ । दुर्घटनामा पाइलटको निधन भएपछि यसको सम्पूर्ण दोषी उसैको टाउकोमा राखिदिने र अरु सबै पक्ष घटनाबाट निर्दोष देखिने एउटा परम्परा नै बनिसकेको छ । प्रायः सबै दुर्घटनामा पाइलटलाई नै दोष देखाउँदा नेपाली पाइलटको उडान दक्षतामा प्रश्न चिन्ह लागेको छ । तर, नेपाली अध्ययन टोलीले तयार गरेका प्रतिवेदन वैज्ञानिक र वास्तविक धरातलमा नभएकाले चालकमाथि दोष थोपरिंदै आएको आरोप सबै सत्य नहुन सक्छ । तर, घटनाबाट चोखिने यो पुरानो प्रबृतिबाट बाहिर निष्किएर बास्तबमै दुर्घटनाको कारण के हो ? यर्थाथ पत्ता लगाई जोखिमपूर्ण हवाई यात्रालाई कसरी सुरक्षीत र भरपर्दो बनाउने सोच्नु पर्ने बेला आएको छ । मुलुकको सबै क्षेत्रलाई स्थल यातायातले जोड्न नसकेको अवस्थामा एकमात्र यात्राको विकल्प हवाईसेवा हो । त्यतिमात्रै होइन, भूपरिवेष्टित देश भएकाले पनि छिटो र छरितो यात्राको एउटा मात्रै साधन वायुसेवा नै हो तर नेपालमा एकपछि अर्को गर्दै हवाई दुर्घटना हुन थालेपछि नागरिक यो यात्रा असुरक्षित रहेको अनुभूति हुन थालेको छ । त्यसैले यसलाई सुरक्षित र भरपर्दो यातायातको साधन बनाउन सरकार र नेपाल नागरिक उड्यान प्राधिकरण लगायतका सरोकारवाला निकाय गम्भीर हुनु जरुरी छ ।





Post a Comment

 
Top