0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका कार्यालयले आफनो १९औं स्थापना दिवस अन्तर्गतको दोस्रो दिन विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ। त्रिदिवसीय कार्यक्रम अन्तरगत आईतवार राखिएको सम्मान कार्यक्रममा १८ वटै वडाका दुई, दुई जना जेष्ठ महिला, नगरपालिकाले अघि सारेको एकीकृत सम्पत्ति कर अन्तरगत यस बर्षको पहिलो करदाता, यस बर्षको उत्कृष्ट करदाता, नियमित करदाता, विकास निर्माण अन्तरगत गठित उपभोक्ता समितिका तीन अध्यक्ष र उत्कृष्ट कर्माचारीलाई सम्मान गरिएको हो। यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट कर्मचारीहरुमा कानूनी सल्लाहकार राममणि अधिकारी, लेखा अधिकृत चन्द्रकान्त पौडेल र आलेप रविन्द्र अधिकारी रहेका छन् भने पहिलो करदातामा लेखनाथ १ की कृष्णकुमारी पौडेल रहेकी छन्। त्यसैगरी नियमित करदाताहरु को तर्फबाट लेखनाथ ५ मा रहेको टाइगर माउण्टेन रिसोर्ट, उत्कृष्ट करदातामा गण्डकी मेिडकल कलेज र सर्वाेत्कृष्ट उपभोक्ता समितिहरुबाट हर्कबहादुर श्रेष्ठ, मोहिनी प्रसाद अधिकारी र गणेशनाथ ढकाल रहेका छन् । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक बहादुर भण्डारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले नगरले गरेको काम उदाहरणीय भएको र महिला, वृद्धमैत्रीका साथसाथै राजनीतिकर्मी मैत्री समेत रहेकोमा खुशी व्यक्त गर्दै विकास निर्माणका लागि बोलीमा भन्दा पनि काम विश्वास गर्न आग्रह गरेका थिए। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, सम्पूर्ण महिलाहरुको तर्फवाट विष्णु तिवारी र राजनीतिक दलहरुको तर्फवाट नेकपा संयुक्तकी सरिता पौडेलले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य ई जगन्नाथ कोइरालाले राखेका थिए भने सञ्चालन कानूनी सल्लाहकार राममणि अधिकारीले गरेका थिए । पहिलो दिन शनिवार लेखनाथको प्रस्तावित चिडियाखानाको भ्रमण गरिएको थियो भने सोमबार अन्तिम दिन नगरपालिका परिसरमा रक्तदान कार्यक्रम राखिएको छ।

Post a Comment

 
Top