0
गोल्डेन न्यूज संवाददाता
पोखरामा ६३औं विश्व कुष्ठरोग दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइयो । नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखाले विश्व कुष्ठरोग दिवस सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम अनुसार पोखराको प्रमुख स्थानमा सचेतनामूलक व्यानर राखिएको छ । कुष्ठ मुक्त समाजको परिकल्पना, निःशुल्क उपचार, समान अवसर र पुनःस्र्थापना भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पोखरा आरोग्य आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । आरोग्य आश्रममा रहेका १३ वृद्ध–वृद्धा कुष्ठरोग प्रभावित परिवारहरुका साथै स्थानीय परोपकार आश्रमका वटुक र स्थानीयवासी गरी करिब २ सय जनालाई स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए । कार्यक्रम नेपाल औषधि व्यवसायी संघ गण्डकीको सहयोगमा सम्पन्न भएको थियो । विश्व कुष्ठरोग दिवसमा सिद्ध उच्च मा.वि.का २० जना छात्र छात्राहरुको सहयोगमा पृथ्वीचोक, स्याङंजा बस पार्कका क्षेत्रमा जनचेतनामूलक लिप्mलेट वितरण गरिएको थियो । सोही दिन टुटुंगा १५ पोखरा स्थित पोखरा आरोग्य आश्रमका कुष्ठ प्रभावित परिवारलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । तमु धिं नेपालका महासचिव श्री मैना गुरुङ्ग लगायतका सहयोगीहरुले न्यानो कपडा तथा फलपूmल वितरण गरेका थिए । नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखाका सभापति नारायण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल अन्धाकल्याण संघ कास्की, होटल बन्दीपुर प्यालेस बन्दीपुर, दमौली निवासी समाजसेवी बिन्दु गुरुङ्ग, समाजसेवी बिजया रेग्मी, सिबिआरएस पोखराबाट पनि सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा कुष्ठप्रभावित परिवारको सुस्वास्थ्य दीर्घ जीवनका लागि अत्यावश्यक सामाग्रीहरुको व्यवस्था गर्न सहयोग गर्न पाएकोमा सहयोगी हरुले आत्मसन्तुष्टि प्राप्त भएको बताए । कार्यक्रममा नेपाल अन्धा कल्याण संघ कास्कीका सभापति कृष्ण बहादुर गुरुङ्ग होटल बन्दिपुर प्यालेसका प्रोपाइटर सञ्जय गुरुङ्ग, तमु धिं कास्कीका महासचिव मैना गुरुङ्ग लगायतले आ–आफ्नो भनाइ राखेका थिए।


Post a Comment

 
Top