0
गोल्डेन न्यूज संवाददाता
पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलमा पौडी पोखरीको शिालान्यास गरिएको छ । विद्यालय स्थापनाको स्वर्ण जयन्तीको अवसरमा निर्माण गर्न लागिएको उक्त पौडी पोखरी (स्वीमिङ्गपुल) को शनिवार विद्यालयका प्राचार्य रविप्रसाद बरालले बैदिक विधिपूर्वक शिलान्यास गरे । करिब २ करोड ५० लाखको लागतमा निर्माण हुने उक्त पौडी पोखरी राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्न सकिने क्षमताको हुने विद्यालयका प्राचार्य बरालले बताए । विद्यालय परिसरभित्र निर्मित गुरुकुलमा आयोजना गरिएको सरस्वती पूजाको कार्यक्रमपछि आयोजित शिलान्यास समारोहलाई सम्बोधनगर्दै प्राचार्य बरालले उक्त पोखरी निमार्णले समग्र पौडी खेलको विकासमा टेवा मिल्ने जानकारी दिए।
उक्त पोखरी निर्माणपछि विद्यालय र पूर्व विद्यार्थीले संयूक्त रूपमा सञ्चालन गर्ने जानकारी गराउँदै प्राचार्य बरालले विद्यालय हाताभित्र निर्माणाधिन आइसिटी इन एजुकेशन प्रोजेक्ट र स्वीमिङ्ग पूलको निर्माण सम्पन्न भएपछि विद्यालय अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार सम्पन्न विद्यालय हुने जानकारी दिए । शकुन्तला गुरुङद्वारा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थी मुकुन्द अधिकारी, पूर्व विद्यार्थीद्वय अमृत दाहाल र कृष्ण गुरुङ र शिक्षक अभिभावक सङ्घका अध्यक्ष महेन्द्र रिमालले विद्यालय भित्र निर्माणाधिन आयोजनाहरू सफलता पूर्वक सम्पन्न गर्न र सञ्चालनमा ल्याउन आ–आफ्नो स्थानबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।





Post a Comment

 
Top