0
गोल्डेन न्यूज संवाददाता
पोखरा हार्डवयर एशोसिएशन कास्कीद्वारा प्रकाशित त्रैमासिक बुलेटिन ‘नवनिर्माण’को प्रथम अंक विमोचन एवं वेवसाइटको शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी एवम् संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र प्रधानले नवनिर्माण र वेवसाइटको संयुक्त रुपमा विमोचन गरेका थिए । संस्थाका अध्यक्ष प्रेमप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक एवम् संस्थाका पूर्व अध्यक्ष महेश पराजुलीले नवनिर्माण त्रैमासिक पत्रिका प्रकाशन गर्नुको उद्देश्यहरु एवम् यस बुलेटिनमा समावेश गरिएका विषयहरुबारे प्रकाश पारेका थिए । 
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पत्रिका प्रकाशनको महत्व एवं संस्थाको संस्थागत विकास तथा एकताबारे चर्चा गरेका थिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संञ्जिव बहादुर कोइराला, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्य, संस्थाका बरिष्ठ सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देव क्षेत्री, अधिकृत विक्रेता संघका अध्यक्ष सुरेश अधिकारी, सञ्चार व्यवसायी समितिका अध्यक्ष विनोद ढुंगाना लगायतले आ–आफ्नो भनाइ राखेका थिए । यंस्थाका अध्यक्ष प्रेमप्रसाद पौडेलले संस्था स्थापनाको २२ औं वर्षमा आफ्नो सदस्यहरु तथा उपभोक्ताहरुको हितलाई मध्यनजर गरी संस्थाका गतिविधिहरु एवम् निर्माण सागम्रीसँग सम्बन्धित नयाँ प्रविधि सूचनाको जानकारी गराउने उद्देश्यले नवनिर्माण त्रैमासिक पत्रिकाको  प्रकाशन एवम् वेवसाइटको सुरुवात गरिएको बताए। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव होमनाथ निरौलाले गरेका थिए । 

Post a Comment

 
Top