0
गोल्डेन न्यूज संवाददाता
साहसिक खेलकुदको राजधानी  पोखरामा शनिबारदेखि सुरु हुने प्याराग्लाइडिङकोे प्रि–वल्र्ड कप तथा खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिताको तयारी पुरा भएको छ । फागुन २२ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी पुरा भएका आयोजक नेपाल हवाई खेलकुद संस्था पोखरा (ना) का अध्यक्ष योगेश भट्टराईले बताए । 
नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिताको १७औं पटकसम्म निरन्तर रुपमा संचालन हँुदै आएकोले अवस्थामा आगामी बर्ष नेपालमा प्याराग्लाईडिङ खेलको विश्वकप हुने तयारी स्वरुप प्रि–वल्र्डकप आयोजना हुन लागेको भट्टराईले जनाए । नेपाल पर्यटन वोर्डको प्रवद्र्घनमा संचालन हुने प्रतियोगितामा सहभागी हुन अन्तिम नाम दर्ता भने शुक्रबारसम्म हुने भएको अध्यक्ष भट्टराईले जनाए ।  
पोखराको आकासमा हुने प्रतियोगितामा नेपाल सहित करीब ३५ राष्ट्रका एक सय ५० प्याराग्लाईडिङका पाईलटहरु सहभागि हुने भएको सचिव एवं प्रि–वल्र्ड कपका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए । प्रतियोगितामा मित्रराष्ट चिन, भारत र एशियाली मुलुक तथा युरोपेली मुलुकबाट समेत प्याराग्लाईडिङका पाईलटहरु सहभागी हुने भएको भण्डारीले जनाए । डेढ सय राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको ¥याङकिङको आधारमा छनौट भएको प्राविधिक संयोजक रविन गुरुङले बताए । उनका अनुसार प्रि–वल्र्ड कपको मान्यता पाउनको लागि न्यूनतम तीन दिनको पुरा उडान तथा तीन दिन मौसम खुल्नु पर्ने हुन्छ । नेपाल खुल्ला प्यारग्लाईडिङ प्रतियोगिता सहित ५ वटा ईभेण्टमा प्रतिष्प्रर्धा हुँदैछ । खुल्लातर्फ विजेताले ५० हजार, उपविजेताले ४० हजार, तेश्रो स्थान हासिल गरेको विजेताले ३० हजारको साथमा ट्र्फी मेडल प्रमाणपत्र वितरण गरिने भएको छ । 
त्यसैगरी नेपालीहरु बीचको प्रतिष्प्रर्धामा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र सान्त्वना हुने दुई जनालाई जनही ५÷५ हजार साथमा ट्रफि वितरण हुने भएको हो । महिला र स्पोर्ट क्लासतर्फको विजेतालाइ जनहि ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफि वितरण हुने भएको छ भने वेष्ट डेव्यु नेपाली विजेतालाई ट्रफि मेडलको साथमा पुरस्कार वितरण गरिने भएको छ ।

Post a Comment

 
Top