0
गोल्डेन न्यूज संवाददाता
धादिङको सल्यानटार गाविसवासी पोखरामा संगठित भएका छन् । उनीहरुले धादिङ–पोखरा सम्पर्क समिति सल्यानटार इकाइ गठन गरेका छन् । पोखरामा रहेका सल्यानटारवासीको हालै सम्पन्न भेलाले समितिको अध्यक्षमा नवराज इटनीलाई चयन गरेको छ । अध्यक्ष इटनी धादिङ–पोखरा सम्पर्क समितिका कार्यसमिति सदस्य समेत हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा आइतबहादुर कुमाल, उपाध्यक्षमा श्रीप्रसाद कुमाल, सचिवमा राजु थापा, सह–सचिवमा ईश्वर कुमाल, कोषाध्यक्षमा भुपेन्द्र बुर्लाकोटी, सह–कोषाध्यक्षमा प्रेमबहादुर कुमाल र सदस्यहरुमा लिलाबहादुर कुमाल, तिलकबहादुर कुमाल, अम्मरबहादुर कुमाल, नारायण कुमाल, धनकुमार श्रेष्ठ, सुरेश सुरखेती र कृष्ण नेपाली रहेका छन् । यस्तै समितिको सल्लाहकार हरुमा लक्ष्मण कुमाल, चित्रबहादुर कुमाल र रामबहादुर कुमाल रहेका छन् ।  भेलामा प्रमुख अतिथि धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार परिषद सदस्य वेनी पाठकले आपसी भाइचारा स्थापित गर्न पनि संगठित हुनु अपरिहार्य रहेको स्पष्ट पारे । उनले लोपोन्मुख कुमाल जातिको बाहुल्य रहेको सल्यानटार समितिले सबेलाई एकढिक्का बनाउँदै समितिको सबै गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार एवं आगिन्चोक इकाइका अध्यक्ष हरि पन्तले धादिङवासीलाई एकत्रित, संगठित हुँदै सामासजक उत्तरदायित्व वहन गराउन पनि समिति गठन अपरिहार्य रहेको भन्दै  सल्यानटार समिति सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । सल्यानटार इकाइ समिति गठनसंगै धादिङ–पोखरा सम्पर्क समिति अन्तर्गत इकाइको संख्या ५ पुगेको छ । यसअघि नलाङ, खरी, आगिन्चोक र ढोला इकाई समिति गठन भइसकेको छ । धादिङ–पोखरा सम्पर्क समितिले पोखरामा रहेका धादिङका एउटै गाविसवासीलाई संगठित गराउनका लागि इकाइको मान्या दिंदै आएको छ । धादिङ समितिले विधानमै स्पष्ट पारि इकाइ गठनका लागि औपचारिक बाटो खोलिदिखएको छ । 




Post a Comment

 
Top