0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ९ नयाँबजारस्थित सस्तो बजारका व्यवसायीहरुले आफूहरुको माग सुनुवाइ नगरि पेलेरै जान खोजे पृथ्वीचोकको सडक कब्जा गर्ने चेतावनी दिएका छन् । सस्तो बजार रहेको जग्गा भाडा लिनका लागि नेपाल वायु सेवा निगमले टेण्डर आह्वान गरेपछि आन्दोलित भएका व्यवसायीले शनिबार पत्रकार सम्मेलन गरि यस्तो चेतावनी दिएका हुन् । उनीहरुले सस्तो बजारको जग्गा भाडामा सबैंभरि विचौलियाको चलखेल हुँदा आफूहरुले निकै दुःख पाउँदै आएको र वायु सेवा निगमले महंगो शुल्क तोकेर टेण्डर आह्वान गरि आफूहरुको रोजीरोटी खोस्न खोजेको आरोप आन्दोलन शुरु गरेका छन् । आन्दोलनकैक्रममा सस्तो बजार व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संरक्षक शिव खनालले जग्गा भाडा सम्बन्धी नेपाल वायु सेवा निगमसं आफूहरुले सोझै सम्झौता गर्न ताकेता गरेको भएपनि वास्ता नगरि महंगो मूल्यमा टेण्डर आह्वान गरि सस्तो बजारमा रहेका २१७ व्यवयायी तथा तिनका करिब १ हजार परिवारको रोजीरोटी खोस्न खोजेको आरोप लगाए । उनले वायु सेवाले आफूहरुको मागलाई सुनुवाइ नगरी अघि बढेर टेण्डर स्वीकृत गरे सस्तो बजार छाडेर पृथ्वीचोकको सडक कब्जा गर्ने चेतावनी दिए । आफूहरु यसअघि पनि सडकमै रहेको र पोखरालाई फुटपाथमुक्त बनाउन निकै समस्याका बाबजूद पनि बजार संचालन गर्दा विचौलियाको आँखा लाग्छ भने सहेर नबस्ने चेतावनी दिए । संरक्षक खनालले राज्यलाई हामी आफै कर तिरी सुरक्षित भएर बस्न खोज्दा पनि अवरोध हुन्छ भने आफूहरु चूप लागेर नबस्ने भन्दै आफूहरु सडकबाटै आएको र पुनः सडकमै फर्किन कुनै कठिनाइ नुहने स्पष्ट पारे । पत्रकार सम्मेलनमा चन्द्र खतिवडा, प्रकाश दुलालले पनि बोलेका थिए ।

Post a Comment

 
Top