0
गोल्डेन न्यूज संवाददाता
बैदाम युवा क्लबको आयोजनामा पोखरामा जारी ‘दीपेश मेमोरियल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता’ मा सोमबार प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । आइतबार सम्पन्न ८ खेलपछि अन्तिम १६ टीमको छनौट पूरा भएको हो । प्रतियोगितामा पोखरा भ्याली स्पोर्टस्ले एलसी ब्रदर्श लामाचौरलाई ३–० गोलअन्तरले पराजित गरेको छ । पोखरा भ्यालीको जीतमा सुविन श्रेष्ठले ह्याट्रिक गरे । अर्को खेलमा पश्चिम प्रहरी गण विजयी भयो । उसले पोखरा फेवा एफसीलाई ३–२ ले हरायो । निर्धारित ४० मिनेटको खेल समान २ गोलले सकिएको एफसी अग्नि र सम्राट एफसीबीचको खेलमा एफसी अग्नि सडनडेथमा भाग्यमानी बन्यो । दीपेश मेमोरियलले ३–१ गोलअन्तरमा सानो प्रयासलाई पाखा लगायो । दीपेस मेमोरियलको जीतमा प्रदीप गुरुङ सुनिल बिक र सरोज तामाङले गोल गरे । अर्को खेलमा लालीगुराँस एकता एफसीले टु्रपुर्सलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्यो । आदर्श युथ क्लब र मुद्रे एफसी बीचको प्रतिष्पर्धामा आदर्शका लागि मिलन गुरुङले एकमात्र निर्णायक गोल गरे । त्यस्तै, स्वस्तिक नेपालले काजीपोखरीको चुनौती १–० गोलअन्तरले पन्छायो । अन्तिम खेलमा पिटी युनाइटेडले पुन क्लब लेकसाइडलाई ६–२ को फराकिलो अन्तर निकाली प्रिक्वार्टफाइनल यात्रा सुनिश्चित तय गर्यो । पिटी युनाइटेडको जीतमा सुजन शाहीले एक्लै ४ गोलको योगदान दिए । गत फागुन ७ देखि सुरु प्रतियोगितामा ३२ टिमको सहभागिता हेको प्रतियोगिता संयोजक विकास थापाले जानकारी दिए । सोमबार बिहान ८ देखि बाराहीघाट खेल मैदान क्वार्टफाइनलका खेल सुरु हुने छ । विजेताले १ लाख र उपविजेताले ४५ हजार पाउनेछन् । बाराहीघाट खेलमैदानमा हुने प्रतियोगितामा १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत रकम लेकसाइड डिहिकोपाटनमा दीपेश टन्डनको स्मृतिमा पार्क स्थापनार्थ कोष खडा गरिने क्लब अध्यक्ष बिमल न्यौपानेले बताए ।




Post a Comment

 
Top