0
गोल्डेन न्यूज संवाददाता
पोखरामा भेन्ट्रान्स खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ७ र ८ गते प्रतियोगिता गर्ने तयारी भैरहेको प्रतियोगिता संयोजक दिपेन्द्र पहारीले जानकारी दिए । फेवाताल किनार बसुन्धरा पार्कको मैदानमा आयोजन हुने प्रतियोगितामा  कास्की लगायत ३० टिमको सहभागीता रहने अपेक्षा गरिएको संयोजक पहारीले बताए । प्रतियोगिताका लागी कास्की र बाहिरि जिल्ला सहित ३० टिमलाई पत्राचार गरिएको बताइएको छ । प्रतियोगितामा विजेताले १५ हजार र उपविजेताले १० हजार सहित मेडल र  प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी टिमले फागनु ५ गतेसम्म टिम दर्ता गर्न सक्ने बताइएको छ । पोखरा रगंशालामा निर्माण हुन लागेको पश्चिमाञ्लस्तरीय भलिबल प्रशिक्षण केन्द्रको सहयोगार्थ र पूर्वभलिबल खेलाडीहरु वीच भेटघाट तथा भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए । ‘पोखरा रगंशालामा निर्माणाधिन प्रशिक्षण केन्द्रको सहयोगार्थ र भलिबल खेलाडीहरुको आपसी सम्वन्धलाई कायम राख्न प्रतियोगिता गरिएको हो’ पराजुलीले भने । भलिबल प्रशिक्षण केन्द्र निर्माणका लागि संघले आर्थिक संकलन अभियान समेत सुरु गरेको छ । प्रशिक्षण केन्द्रका लागी पूर्व भलिबलका अन्तराष्टि खेलाडि जयनारायण चौधरीले एक लाख २५ हजार र बुल्समेन क्लबका तर्फबात नुना गुरुङले १० हजार रुपैयाँ सयोग प्रदान गरेका छन् । एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको केन्द्रको पहिलो चरणमा २६ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।

Post a Comment

 
Top