0
नेपाली काँग्रेस निकट निर्माण व्यवसायीहरुको भेलाले ११ सदस्यिय नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्की गठन गरेको छ । नवगठित तदर्थ समितिको अध्यक्षमा सञ्जीव ढकाल रहेका छन् । त्यसैगरि उपाध्यक्षमा शरदराज सुवेदी, सचिव टेकवहादुर भुजेल तथा कोषाध्यक्षमा ठाकुरप्रसाद गुरुङ रहेका छन् । सदस्यहरुमा दिपेन्द्र मर्सानी, गणेशराज अधिकारी, बेणीमाधव अधिकारी, मिठुदेवी परियार, नारायणप्रसाद उज्जर, निशान गुरुङ र विष्णुवहादुर खवास रहेका छन् ।भेलाको उद्घाटन गर्दै नेपाली काँग्रेस कास्कीका सभापती तथा सांसद यज्ञवहादुर थापाले भुकम्प पछिको पुनःनिर्माण महाअभियान तथा देश विकासमा निर्माण व्यवसायीले योगदान गर्नुपर्ने वताउँदै व्यसायीक हक हितको लागि लोकतान्त्रिक निर्माण व्यवसायीहरु संगठित हुनुपर्ने धारणा व्यक्त गरेका थिए । लोकतान्त्रिक निर्माण व्यवसायी संघका क्षेत्रीय संयोजक राजेन्द्र पहारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार शिवशंकर गौचन, नेपाली काँग्रेसका युवा नेता देवराज चालिसे, नेपाल लोकतान्त्रिक खेलुकद संघका अध्यक्ष देवेन्द्र शेरचन, पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवासायी संघका महासचिव टंकराज वराल, नेपाल निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष मुक्ति प्रसाद तिमिल्सिना लगायते मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन टेकवहादुर भुजेल तथा स्वागत दिपेन्द्र मर्सानीले गरेका थिए ।













Post a Comment

 
Top